site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विनोदको शतकमा गण्डकीलाई बलियो लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान विनोद भण्डारीको शतकको सहयोगमा आर्मीले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई २८८ रनको बलियो  लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक पूरा गरे । ७६ बल खेलेका उनले ९ चौका र ५ छक्कामा अविजित १११ रन बनाउन सफल भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बल खेल्दै ५ चौका १ छक्काको सहयोगमा शतक पूरा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मीका लागि राजु रिजालले ४५ रन बनाउँदा राजेश पुलामी ३८ र लोकश बमले ४२ रनको योगदान गरे । बलिङतर्फ गण्डकी प्रदेशका लागि विपिन खत्री र विशाल पौडेलले समान दुई-दुई विकेट लिन सफल भए । त्यस्तै दीपेश खत्री र चन्द्र पौडेलले एक-एक विकेट लिन सफल भए ।

आजको खेलमा जित निकाल्दै दुवै टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । साबिकको उप-विजेता आर्मी यो सिजन उपाधि जित्ने लक्ष्यमा छ । 

Global Ime bank

-तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC