site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान
Ghorahi CementGhorahi Cement

सिन्धुपाल्चोक । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माण शुरु भएको थियो । खेलमैदान निर्माणका लागि तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले पहल गरेका थिए ।  

 चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरका नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत सम्पन्न भएको छ । अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको पर्खाल निर्माण गर्न करिब रु १० करोड नै खर्च भएको छ । विभागले सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३/२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो । 

Agni Group

भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन । निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताउँछन् । भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार भएको छ । पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको हो । खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवावर्ग खुसी भएका छन् ।

 भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर उचाइको छ । यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो ।

Global Ime bank

 खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर (दृश्यावलोकन स्तम्भ) समेत निर्माण गरिने योजना छ । योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामै आकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको छ ।

खेलमैदान निर्माणमा अहोरात्र खटिएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्न पोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताउँछन् । ठूलाका लागि पाँच फिट उचाइ र सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको छ । पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानी झारिएको छ । झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट पौडी पोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ ।

 स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतले सहयोग गरेका छन् । स्वास्थ्यचौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेत सहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको छ । रासस

प्रतीकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC