site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको बिचल्ली
Ghorahi CementGhorahi Cement

ढाका । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ ।

आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थानविहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् ।

Agni Group

सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ ।

शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी भएको जानकारी दिए ।

Global Ime bank

‘झन्डै दुई घण्टापछि मात्रै बिहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो । त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झन्डै ५०० टहरा पूर्णरुपमा जलेका थिए,’’ उनले भने ।

टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिउँदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए ।

उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छ्याउने कपडा, बस्ने ठाउँ, खाद्यपदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा संलग्नहरुले जनाएका छन् । रासस/एएनआई
तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC