site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड–१९ विरुद्ध कुन–कुन खोप आउँदै छन् बजारमा ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना संक्रमण विश्वभर फैलिएको १ वर्षपछि २० भन्दा बढी देशहरुले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् ।

हालसम्म विश्व स्वास्थ्य संगठनले बायो एन्टेकको फाइजर खेपलाई मात्रै आपत्कालीन प्रयोगको अनुमति दिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले मोर्डना र अष्ट्राजेनिकालाई बेलायत सरकारले अनुमति दिएको छ । योसँगै विश्वव्यापीरुपमा अहिले यिनै फाइजर, मोर्डना दुईवटा खोपले मान्यता पाएका छन् ।

Agni Group

यीबाहेक २० वटा खोप अन्तिम चरणको ट्रायलमा छन् भने ७ वटा खोपलाइ कम्तीमा एक देशको सरकारले प्रयोगको अनुमति दिएको छ । सम्बन्धित देशले अुनमति दिएसँगै ती देशहरुले खोप प्रयोगमा समेत ल्याइसकेका छन् ।

यी हुन् सम्बन्धित देशको मान्यताप्राप्त खोपहरु 
१ फाइजर 
२. मोर्डना
३. स्पुतनिक भी
४. सिनोर्फाम
५. कोभ्याक्सिन
६. अस्ट्राजेनिका
७. कोभिसिल्ड

Global Ime bank

यीमध्ये कोभ्याक्सिन, अष्ट्राजेनिका र कोभिसिल्ड तीनवटा भारतले उत्पादन गरेका खोप  हुन् । अष्ट्राजेनिका र कोभ्याक्सिनलाई भारत सरकारले आपत्कालीन प्रयोगको मान्यता दिइसकेको छ भने अष्ट्राजेनिकालाई अमेरिकन खाद्य तथा औषधि प्रशासन एफडीएले मान्यता दिने प्रक्रिया अघि बढाएको छ ।

यसबाहेक विश्वमा अहिले १९ वटा तेस्रो चरणको ट्रायलमा, ३४ वटा दोस्रो, २४ वटा पहिलो चरणको परीक्षण प्रक्रियामा छन् । मानवका लागि बनेका खोपको पहलिो पहिलो चरणको ट्रायल मुसा र बाँदरमा गरिन्छ । यिनीहरुको जीन मानिससँग मिल्दोजुल्दो भएकाले अधिकांश प्रतिक्रिया मापनका लागि यिनीहरुमा गरिएको हो ।

अहिले कोभिड–१९ विरुद्धका पहिलो चरणका ६५ वटा खोप मानवमा, ८५ वटा जीवजन्तुमा ट्रायल भइरहेका छन् । त्यस्तै, दोस्रो चरणमा थोरै मानिसमा र तेस्रो चरणको खोप ट्रायल १ हजारभन्दा माथिको संख्यामा मनिसमा गरिन्छ । तेस्रो चरणको ट्रायलमा भने खोपको प्रभावकारिता र सुरक्षा मापन गरिन्छ । तेस्रो चरणको ट्रायल सफल भएपछि सम्बन्धित देश र विश्व स्वास्थ्य संगठनले मान्यता दिने प्रक्रिया अघि बढाउँछ ।

पछिल्लो समय चीनले उत्पादन गरेको सिनोफार्म र सिनोभ्याक तथा रसियाले उत्पादन गरेको स्पुतनिक भी खोप तेस्रो चरणको परिणामबिना ती देशहरुले आपत्कालीन प्रयोगको अनुमति दिएका कारण जोखिम हुनसक्ने पनि एकतर्फी विज्ञहरुले टिप्पणी गर्दै आएका छन् । 
स्रोत : विश्व स्वास्थ्य संगठन र भ्याक्सिन ट्रयाकर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC