site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनाव नगराए ओलीलाई देशमा बस्नै नसक्ने बनाउँछौँ : देउवा
Sarbottam CementSarbottam Cement

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावका लागि तयार रहन र जनताका घरघरमा पुग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा नेकपाको एक समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसभित्र पनि चुनावमा जाने वा आन्दोलन चर्काउने भन्ने बारेमा देउवा र इतरपक्षबीच मतभेद छ ।

सुरुदेखि नै देउवा निर्वाचनको पक्षमा देखिएका छन । सोही निर्णय उनले बिहीबार पनि दोहोर्‍याए । पर्वतको शंकरपोखरीमा आयोजित हरिदत्त स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन पुगेका देउवाले जनता नै देशको मालिक भएको हुँदा उनीहरूसमक्ष जान नेपाली कांग्रेस नडराएको बताएका हुन् ।

यता प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा विचाराधीन मुद्दा भएको भन्दै आफूले केही बोल्न नमिल्ने बताए । अहिले देशैभरि प्रधानमन्त्रीले चालेको संसद् विघटनविरुद्ध नेकपाकै ओलीइतरको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपासहितका अन्य दलहरूले दिनहुँजसो विरोध प्रदर्शन, सभा र र्‍याली गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त विरोधका कार्यक्रमहरूलाई पनि देउवाले सडकबाट न्यायपालिकालाई दबाब दिन नहुने भन्दै जवाफ दिएका छन् । “हाम्रो पार्टीले पहिलेदेखि नै अदालतलाई दबाब दिने काम गरेका छैन । सडकबाट यो गर, त्यो गर भन्नुपर्दैन । अदालतलाई हामीले कुनै प्रेसर दिँदैनौं,” उनले भने, “अदालतले विवेकका साथ निर्णय गर्नेछ । विचाराधीन मुद्दा छ, त्यसमा यो गर त्यो गर भन्न पाउँदैन । जुलुस निकालेर धम्क्याएर तर्साएर यो गर त्यो गर भन्दैन । हिजो पनि गरेन, आज पनि गर्दैन । कांग्रेसले न्यायिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकालाई मान्दछ ।”

प्रतिनिधिसभा विघटनको विषयमा विचाराधीन मुद्दा भन्दै तटस्थ बसे पनि मध्यावधि निर्वाचनको तयारी गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । अदालतले के गर्छ भन्दा पनि चुनावमा केन्द्रित हुन उनले जोड दिए ।

Global Ime bank

“जनताले हराए हराउँछ, जिताए जिताउँछ । अदालतले भोट हाल्ने त होइन नि । तपाईंहरू जनतामा जानुहोस् । वैशाखमा चुनाव भइहाल्यो भने भोट माग्नुहोस्, भएन भने दुई वर्ष पछाडिको लागि माग्नुहोस्,” उनले थपे, “त्यसैले जनताको घरघरमा जानुहोस्, मलाई विश्वास छ, जनताले थाहा पाइसकेका छन् । यो कम्युनिस्टले दु:ख मात्र दिन्छन् भन्ने बुझेका छन् ।”

देशमा भइरहेका हरेक गतिविधिको निगरानी गरिरहेको र कसले कहाँ के-के गरिरहेका छन्, त्यसको हिसाबकिताब लिने उनको भनाइ छ । जनताहरूले पहिले कम्युनिस्टलाई भोट हालेको र अहिले बदमास रहेको बुझेको उनले बताए । तर, सुरुमा भोट हाल्ने पछि बदमास भन्न नपाइने उनको तर्क छ ।

यस्तै, अब देशभरि घुम्ने र जनतामा पुग्ने उनले प्रतिबद्धता पनि सोही कार्यक्रमबाट जनाएका छन् । “म अब देशभरि घुम्छु । जनतामा जानुपर्छ । कोभिडको महामारी छ । जान गाह्रो पनि छ । तर जनताको सुखदु:ख बुझ्नुपर्छ । जनताको घरघरमा जानुपर्छ । जनता मालिक हुन्, अहिले वैशाखमा चुनाव भए पनि दुई वर्षपछि भए पनि,” उनले भने । सुरक्षा निकायलाई पनि उनले जनताले कर तिरेको पैसाबाट तलब खाने हुँदा निष्पक्ष भएर जनताको सेवा गर्न आग्रह गरे ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC