बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कमलपोखरी पुनर्निर्माणमा महानगरको चासो
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, माघ १, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको संरचना बनाउन लागेको बताएको छ । 

कमलपोखरीको पुनर्निर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ । तर काठमाडौं महानगरपालिकाले स्थानियसँगको छलफलअनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माण कार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।

Rohto Landing

Agani Group

कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिँदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमतिअनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । 

खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ । पोखरीमा आकाशेपानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने उपाध्यक्ष बस्नेतले बताए ।

sarbottam cement

ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताए । करिब सात करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको बताए ।

 

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, माघ १, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्