site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पमाथि ऐतिहासिक दोस्रो महाअभियोग, अब के–के हुन्छ ? 
Sarbottam CementSarbottam Cement

बीबीसी । डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति बनेका छन्, जसमाथि दुईपटक महाअभियोग जारी गरिएको छ ।

गत हप्ता संसद् भवनमा भएको हमलालाई लिएर उनीविरुद्ध हिंसा प्रोत्साहन गरेको आरोपमा सदनले बुधबार महाअभियोगको मुद्दा अघि बढाएको हो ।

यस्तोमा ट्रम्पले अब माथिल्लो सदन सिनेटमा ट्रायलको सामना गर्नुपर्ने हुन्छ, जुन आगामी जनवरी २० मा उनको कार्यकाल अन्त्य भएपछि सञ्चालन गरिनेछ । सो ट्रायलमा सिनेटहरुले भविष्यमा उनलाई फेरि पनि सार्वजनिक निर्वाचित कार्यालयका लागि लड्न दिने/नदिने भन्नेमा मतदान गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूविरुद्ध महाअभियोगको मुद्दा अघि बढेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई शान्त रहन अपिल गरेका छन् । तर, महाअभियोगबारे अझैसम्म कतै उल्लेख गरेका छैनन् । अत्यन्तै भावपूर्ण शैलीमा बोल्दै उनले अमेरिकामा हिंसाका लागि कुनै स्थान नभएको र आफ्ना कुनै पनि सच्चा समर्थकले राजनीतिक हिंसामा संलग्नता नजनाउने बताएका हुन् ।

यसअघि, एफबीआईले वासिङटन डीसीसहित सबै स्टेटहरुमा बाइडेनको शपथग्रहण कार्यक्रमअगाडि ट्रम्प समर्थकहरुले अर्को हिंसात्मक प्रदर्शनको योजना बनाइरहेका बारे चेतावनी जारी गरेको थियो ।

Global Ime bank

राष्ट्रपति ट्रम्पमाथि जारी गरिएको महाअभियोग आपराधिक कारणले नभएर राजनीतिक कारणवश रहेको छ । संसद् भवनतर्फ अघि बढ्न प्रदर्शनकारीहरुलाई उक्साएको आरोप उनीमाथि रहेको छ । जसले निम्त्याएको ठूलो दुर्घटनामा गत साता पाँचजनाले ज्यान गुमाएका थिए ।

उक्त अभियोगमा उनले बारम्बार चुनाव धाँधलीका गलत कुरा फैलाउँदै आएको पनि उल्लेख गरिएको छ । साथै, उनले निर्वाचनको नतिजा स्वीकार नगर्न आफ्ना समर्थकहरुलाई प्रोत्साहन गर्दै आएको पनि बताइएको छ । यसको आधिकारिक पत्रमा लेखिएको छ, “राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिका र यसका सरकारी निकायको सुरक्षालाई गम्भीर खतरामा पार्दै प्रजातान्त्रिक प्रणालीको अखण्डतालाई पनि जोखिममा पारेका हुन् र शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रक्रियामा पनि हस्तक्षेप गर्दै सरकरको एक जटिल प्रणालीको समानतालाई संकटमा पारेका छन् ।”

बुधबारको प्रतिनिधिसभा बैठकमा अधिकांश रिपब्लिकनहरुले ट्रम्पको बचाउमा बोलेनन् । तर पनि राष्ट्रिय एकताका लागि महाअभियोग नलगाउन डेमोक्रेट्सहरुसँग अपिल गरे ।

अब के हुन्छ त ?
कार्यकाल अन्त्यपछि महाअभियोगसम्बन्धी हुने आगामी ट्रायलमार्फत् सिनेटहरुले राष्ट्रपतिको गल्ती निर्धारण गर्नेछन् । यसमा ट्रम्पलाई आधिकारिकरुपमा दोषी ठहर गर्नका लागि दुईतिहाइ बहुमत आवश्यक पर्नेछ, जसको अर्थ १७ जना रिपब्लिकन पनि यसको पक्षमा हुनुपर्ने हुन्छ । यसबारे न्युयोर्क टाइम्सले गरेको रिपोर्टअनुसार अहिलेसम्म ट्रम्पमाथि महाअभियोग जारी गर्ने पक्षमा २० भन्दा धेरै सिनेटहरु रहेको पाइएको छ ।

यसरी सिनेटहरुबाट ट्रम्प दोषी ठहर भएमा सांसद्हरुले उनलाई निर्वाचित पदका लागि लड्नबाट सधैँका लागि रोक्नेसम्बन्धी अर्को मतदान गर्नेछन् । यसअघि, ट्रम्पले आफू सन् २०२४ मा फेरि राष्ट्रपति चुनाव लड्ने संकेत गरेका थिए, जसमा यसले अवरोध पुर्‍याउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC