अस्ट्राजेनिका र मोर्डना ल्याउने तयारी

कानुनी बाटो खुलेसँगै अमेरिका र भारतबाट कोभिड खोप ल्याउने प्रक्रिया अघि बढ्यो

अस्ट्राजेनिका र मोर्डना ल्याउने तयारी

काठमाडौं । नेपाल सरकाले दुईवटा  खोप ल्याउन कानुनी प्रक्रिया अगाडि बढाएको बढाएको छ । औषधि व्यवस्था विभागका एक उच्च अधिकारीका अनुसार हालसम्म भारतको उत्पादन अस्ट्राजेनिका र अमेरिकाको उत्पादन मोर्डना खोपका लागि कानुनी प्रक्रिया अघि बढेको हो ।

सरकारद्वारा आपत्‌कालीन खोप आयातका तथा प्रयोगका लागि यसअघि नै अध्यादेश जारी भइसकेकाले कानुनी बाटो खुलिसकेको छ । कोभ्याक्स या अन्य जुनसुकै खोप पहिले आए पनि अनुमति र दर्ता प्रक्रियामा लामो समय नलाग्ने ती अधिकारीको दाबी छ ।

विभागले बुधबार सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्‌कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।

हालसम्म विश्वमा मान्यताप्राप्त अस्ट्राजेनिका, मोर्डना र फाइजर खोपमध्ये नेपालको कोल्डचेनमा राख्‍न सकिने भएकाले पनि यी दुई खोप आउने सम्भावना धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् । 
-प्रतिकात्मक तस्बिर

प्रतिकृया दिनुहोस
ad