site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरिएको छ ।

टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) ले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा उक्त प्रोटोकल सार्वजनिक गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) का संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले एचएचएस प्रोटोकलको प्रशिक्षण-प्रशिक्षक तालिम म्यानुअल सार्वजनिक गरेका हुन् ।

कोभिड-१९ विश्वव्यापी स्वास्थ्य संकट मात्र नभई आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित यो क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने रोसेकले बताए ।

Global Ime bank

उनले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्न यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । नेपालको आशालाग्दो पर्यटन गन्तव्यका रुपमा रहेको लुम्बिनी र त्यहाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलसहित र लुम्बिनी प्रदेशमा चलिरहेका अन्य परियोजनाहरूका पर्यटनमा स्वास्थ्य र स्वच्छतासम्बन्धी परियोजना सहायक सिद्ध हुने उनको भनाइ थियो ।

टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक जोशीले कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाहरूबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीहरूले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएको जानकारी दिए ।

यस परियोजनाले कोभिड-१९ महामारीपछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकहरूका लागि महामारी र महामारीपछिका अवस्थामा पर्यटनसम्बन्धी सेवा तथा व्यवसाय सुचारु राख्नका लागि  सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल बनाउने लक्ष्य राखेको छ  ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकाहरूमा प्रशिक्षकहरू (स्थानीय च्याम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार परिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC