अर्थ व्यवसाय
काठमाडौं । म्यारियट होटेलका ग्राहकले अंग्रेजी महिनाको जनवरी २१ सम्म विशेष सुविधा पाउने भएका छन् । होटेलका सबै प्रकारको बुकिङमा २१ प्रतिशत छुट दिइने भएको हो ।
म्यारियट इन्टरनेसनलले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा ‘२१ इन २०२१’ अफर ल्याएको हो । अफरअनुसार होटेलका सबै सुविधा बुकिङमा २१ प्रतिशत छुट पाइनेछ ।
यो सुविधा मार्च ३१ सम्मको बसाइका लागि गरिने बुकिङमा पाउने म्यारियट इन्टरनेसनलले जनाएको छ ।
यो सुविधा म्यारियटका एसिया प्रशान्त क्षेत्रका सबै होटेलमा उपलब्ध छ । कोभिडको जोखि यथावत् रहेकामा रद्द शुल्क होटेलले लिने छैन । सुविधा पाउनका लागि ३ दिनको अनिवार्य बसाइ आवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७ ०१:१०
प्रतिक्रिया दिनुहोस्