site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्लोबल आईएमईको साधारणसभा सम्पन्न, अध्यक्षमा ढकाल निर्विरोध
Ghorahi CementGhorahi Cement

काठमाडौं । ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

Agni Group

साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए । उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगीकार गरेको मर्जर तथा प्राप्ति नीतिअनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए ।

साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बैंक बनेको बताउँदै उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता पनि गरे ।

Global Ime bank

आर्थिक वर्ष २०७६/७७ मा बैंकको ब्याज आम्दानीतर्फ गत वर्षभन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोनाभाइरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापनबापत रकम छुट्ट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्ब ९१ करोड रुपैयाँ कायम हुन सकेको छ ।

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

बैंकले देशका ७३ जिल्लामा २६४ शाखा सञ्जालसहित करिब ८ सय सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजारभन्दा बढी कर्मचारी कार्यरत् छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध
साथै, आजै सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिसमेत निर्वाचित गरेको छ । अन्य सञ्चालक सदस्यमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दीपक शर्मा पोखरेल (सर्वसाधारण) छन् ।

नवनिर्वाचित अध्यक्ष ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराएका छन् ।

१४औँ साधारणसभा प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC