site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डले भने-विक्षिप्त र बौखलाहट मानसिकता, नेपालले सुनाए नांगो राजाको कथा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूह एक-अर्को पक्षको उछितो काढ्दै आफूलाई अब्बल प्रमाणित गर्न व्यस्त छ । यसैक्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले आज प्रज्ञा भवनामा कार्यकर्ता भेला गर्‍यो । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई प्रचण्ड र नेपालले सम्बोधन गरे । 

कार्यक्रममा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष र उनले यसअघि लगाएको आरोपको जवाफ फर्काउन प्रचण्ड र नेपालले केही समय व्यथित गरे ।

प्रचण्डले दिए जोकरको संज्ञा- विक्षिप्त र बौलाहटको मानसिकता 
कार्यक्रममा प्रचण्डले ओलीलाई पोलिटिकल जोकरको संज्ञा दिए । उनले ओलीले कमेडी शो सञ्चालन गरिरहेको भन्दै कटाक्ष पनि गरे । उनले सम्बोधनमा आफूहरु कमरेडी प्रहसन गर्न उपस्थित नभएको भन्दै व्यङ्ग्यसमेत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

"प्रहसन देखिरहनुभएको छ । कहिलेकाहीँ विक्षिप्त मानसिकताको उपजजस्तो लाग्छ । साथीहरु विक्षिप्त भएछन् कि क्या हो भन्ने डर लाग्छ । उनीहरुले बोलेको सुन्दा तर्क सुन्दा पोलिटिकल जोकरजस्तो लाग्छ । हाम्रै साथी थिए छन् अहिले पनि छन्,’’ प्रचण्डले भने । 

उनले ओली नौटंकी र जोकर भएको आरोप लगाउँदै उनका पछि कोही नालग्ने दाबीसमेत गरे । उनले ओलीको मानसिकता विक्षिप्त र बौलाहट भएको भन्दै कटाक्ष पनि गरे ।

Global Ime bank

"४४१ जनाको केन्द्रीय कमिटीमा १०० जना जुटेर एघार सयजनाको केन्द्रीय कमिटी बनायौं भन्ने नौटंकी नभएर के-हो यो र ? नेपालमा प्रहसन देखाउन नखोजेको भए के हो यो ? यो विक्षिप्त र बौलाहटको मानसिकताको उपज नभएर के-हो ?’’ उनले प्रश्न गरे ।

भारतले भनेर प्रतिनिधिसभाको विटघन गरेको हो ? 
प्रचण्डले प्रधानमन्त्री ओलीले भारतीय टेलिभिज जी न्युजलाई दिएको अन्तर्वार्तालाई नाटकको संज्ञा दिए । प्रतिनिधिसभा विघटन भारतको इसारामा भएको हो कि होइन ? भन्दै प्रश्नसमेत गरे ।

"नाटकै हो । त्यो नाटक हो भन्ने कुराको पटाक्षेप आज भइसक्यो । अब एभरेष्टको नाम फेर्ने रे जी न्युजले । के नाटक देखिँदै छ । उहाँ अस्ति असारमा स्थायी कमिटीको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ भन्‍नुहुन्थ्यो,’’ प्रचण्डले भेलामा भने, "मेरा साथीहरुले हटाउन खोजेका छन् भन्नुहुन्यो । भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त हामीले । अहिले पार्टी विभाजन गर्ने, संसद् भंग गर्ने भारतले भनेर गर्‍या । सारा जनाताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपीजी ? मलाई । भारतलाई केही भन्न खोजेको होइन ?"

काम गर्न नदिएको प्रमाण चाहियो 
प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुले काम गर्न नदिएको आरोप लगाउने गरेका छन् । आफूलाई घेराबन्दीमा पारेकाले संसद् विघटन गर्नुपरको प्रस्टीकरण दिने गरेका छन् । त्यही विषयमा प्रचण्डले प्रमाण पेस गर्न चेतावनी दिए ।

"पार्टीले मलाई काम गर्न नदिएको भनेर संसद् भंग गर्नुपरेको तर्क छ नि । पार्टीले मलाई घेरबन्दी गरेको थियो । के-को घेराबन्दी गरेको र पार्टीले  गर्न लागेको कुन काममा बाधा पार्‍यो," उनले भने, "एउटा प्रमाण दिनुस् । म चुनौती दिन चाहन्छु । पार्टीका नेताहरुले यो राम्रो काम गर्न दिएनन् भनेर एउटा मात्रै प्रमाण पेस गर्न चुनौती दिन्छु ।"

प्रचण्डले ओली कम्युनिस्ट नै नभएको संकेत गर्दै भने, "उहाँलाई कम्युनिस्ट मन पर्दैन। लालसलाम भनेको सुन्नै चाहनुहुन्न । क्रान्तिकारी अभिवादन भन्यो भने जोकर ठान्नुहुन्छ । उहाँलाई समाजवाद मन पर्दैन ।"

ट्रम्प र सी चिनफिङभन्दा ठूलो ठाने
कार्यक्रममा प्रचण्डले ओली भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपतिभन्दा पनि ठूलो ठानेको बताए ।  ‘‘ट्रम्प, मोदी र सी चिनफिङभन्दा ठूलो ठानेपछि हामीलाई उहाँले टेर्ने कुरो आएन,’’ उनले भने, ‘‘उहाँ पेट फुलाउँदै हुनुहुन्छ। कुन दिन पेट भ्याट्ट फुट्छ । के गर्ने, हामी हेरिरहेका छौं ।’’

नेपालले भने- सडकछापको पार्टी
ओलीको पार्टीलाई नेपालले सडक छापको संज्ञा दिँदै धुलोमा मिसिने बताए । “डमरु बजाउँदै टिकट बाँड्दै केन्द्रीय कमिटीको सदस्य बन्न आऊ भनेर टिकट बाँडिरहनुभएको छ । ४४१ को संख्या बढाएर ५५६ पुर्‍याउनुभयो । त्यो बढाएर १५ सय एक बनाउनुभयो," नेपालले कटाक्ष गरे, "सुन्दै छु अब २५०१ पुग्दै छ । त्यतिले पनि नपुगेपछि कम्तिमा ५००० पुर्‍याउने  होला । उहाँको सडकछाप पार्टीमा को-को जाने हो हेर्न मात्रै बाँकी छ । त्यो पार्टी पौवा होइन सडकको धुलोमा परिणत हुन गइरहेको छ ।”

माधव नेपालले सुनाए राजाको कथा
भेलामा माधव नेपालले ओली प्रवृत्तिप्रति कटाक्ष गर्दै नांगो राजाको कथा सुनाए । यस्तो छ उनले सुनाएको कथा- 
राजा नांगै सडकमा हिँडेछ । कसैलाई हिम्मत भएन, राजालाई नांगो भन्ने । त्योभन्दा पहिले राजालाई ऐना देखाइएछ । उसको मनमनले भन्दै छ कि म त नांगै छु । अनि सोधेछ कस्तो छ लुगा लगाएको मैले ? गजब छ महाराज गजब छ । यति सुन्दर छ । तपाईंलाई सुहाउँदै छ भनेपछि दंग परेछ । त्यसपछि कानेखुसी हुन थालेछ । उसले गोली ठोक्न सक्छ काट्न सक्छ भनेर हिम्मत गरिरहेका थिएनन् । त्यही बेलामा साँचो बोल्ने एउट अबोध बालकले भनेछ राजा त नांगै छन् । त्यसपछि सबैले भन्‍न थाले राजा नांगै छन् । बल्ल राजा बेइज्जत भएपछि फर्किएछन् । केपी ओली त्यस्तै नांगा राजाजस्ता भएका छन् । उनालाई कुनै आलोचना मन पर्दैन ।
-तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC