site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरभाडा र शिक्षाले नियन्त्रित देखियो मूल्यवृद्धि, दैनिक उपभोग्य वस्तुमा भने उच्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि अकासिँदा पनि गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि न्यून हुँदा केही नियन्त्रित देखिएको छ । चालु आर्थिक वर्षको मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९३ प्रतिशत रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ ।

राष्ट्र बैंकले चालु आवको ५ महिना तथ्यांकका आधारमा सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा प्रतिवेदनमा अघिल्लो वर्षको सोही महिनामा भन्दा वार्षिक उपभोक्ता मुद्रास्फीति घटेको देखाएको छ । गत आर्थिक वर्षको मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत थियो ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको तुलनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि उच्च देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुद्रास्फीतिमा हुने ५६ प्रतिशत भारमध्ये सबैभन्दा ठूलो हिस्सा बत्ती, घरभाडाको हुने र कोभिडको कारण यो वर्ष घरभाडा नबढेकाले पनि गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि कम देखिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट बताउँछन् ।

यस्तै शिक्षामा पनि शुल्क नबढेकाले गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि न्यून भएको उनको दाबी छ । २०७७ मंसिरमा घरभारको वार्षिक मूल्यवृद्धि ०.५१ प्रतिशत र शिक्षाको ३.८५ प्रतिशतले ऋणात्मक छ ।

Global Ime bank

तर नागरिकका लागि अति आवश्यक दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भने उच्च देखिएको छ । गत आवको मंसिरको तुलनामा चालु आवको सोही अवधिमा फलफूल, घिउ तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च देखिएको छ । 

फलफूलको मूल्यवृद्धि  १४.७५ प्रतिशत, घिउ तथा तेलको मूल्यवृद्धि १३.०१ प्रतिशत, तरकारीको मूल्यवृद्धि ११.४४ प्रतिशत र दाल तथा गेडागुडी मूल्यवृद्धि १०.७४ प्रतिशत रहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको प्रतिवेदनमा उल्लेख छ । 

भुगोलका आधारमा हेर्दा हिमाली क्षेत्रमा मूल्यवृद्धि उच्च देखिएको छ । मंसिरको  वार्षिक उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत छ । २०७६ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति थियो ।

उपभोक्ता मुद्रास्फीति मात्रै नभएर थोक मुद्रास्फीति पनि घटेको छ । २०७६ मंसिरमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेकामा २०७७ मंसिरमा ७.४६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १३.३३ प्रतिशत र ३.२६ प्रतिशत छ ।

उपभोग्य वस्तुको थोक मूल्य भने ०.६० प्रतिशतले घटेको छ । यस्तै  निर्माण सामग्रीको थोक मूल्यवृद्धि भने २.६४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

कोभिड १९ ले अर्थतन्त्र प्रभावित हुँदा तलब तथा ज्यालादर सूचकांक पनि घटेको छ । गत आर्थिक वर्षको मंसिरमा वार्षिक तलब तथा ज्यालादर सूचकांक १०.०४ प्रतिशत रहेकामा २०७७ मंसिरमा ०.९९ प्रतिशत मात्रै छ । तर मंसिर महिनाको तलब तथा ज्यालादर सूचकांक भने १.२८ प्रतिशतले बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC