प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्छ : महान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्छ : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता अग्‍नि खरेलले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासले नै हेर्नुपर्ने माग गरेका छन् ।

संवैधानिक इजलासमा बुधबार खरेलले प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा संवैधानिक प्रश्न उठाइएको भन्दै संवैधानिक इजलासमै सुनुवाइको हुनुपर्ने बताएका हुन् ।

संवैधानिक प्रश्न भएकाले सो मुद्दा संवैधानिक इजलासमा आइपुगेको, संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको भन्दै उनले संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्ने बताए । बहसका क्रममा निवेदकहरुले संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गरेका थिए । बृहत् पूर्ण इजलास पुरानो संविधानको व्यवस्था भए पनि अहिलेको संविधानले संवैधानिक इजलासको व्यवस्था गरेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनको विपक्षमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि उप्रेती, चन्द्रकान्त ज्ञवाली, रमण श्रेष्ठ, दिनेश त्रिपाठीले बहसका क्रममा बृहत् पूर्ण इजलासको माग गरेका थिए ।

प्रतिकृया दिनुहोस
ad