चौबीस घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाकाे मृत्यु

चौबीस घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९३७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४४५ जनाको नतिजा पोजेटिभ आएको छ । 

नेपालमा बुधबारसम्म संक्रमितको संख्या  २ लाख ६६ हजार १४३ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४१४ जना निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । 

हालसम्म क्वारिन्टनमा २३७ जना छन् भने ४ हजार ४३४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस
ad