बाघको छालासहित पक्राउ

बाघको छालासहित पक्राउ

काठमाडौं । प्रतिबन्धित बाघको छालासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका बृसराज घले रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मंगलबार मनमैजुस्थित कोठाबाट उनलाई पक्रेको हो । उनको साथबाट करिब ६ फिट २ इन्च लम्बाइ र १ फिट २ इन्च चौडाइ भएको बाघको छाला बरामद गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका घलेलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
ad