site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिनेमा हलका प्रतिस्पर्धी डिजिटल प्लेटफर्म होइनन्
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र निर्माता तथा निर्देशकहरूले डिजिटल प्लेटफर्म सिनेमा हलका प्रतिस्पर्धी नभएको बताएका छन् । उनीहरू सिनेमा हल र डिजिटल प्लेटफर्म फरकफरक भएको बताउँछन् । ठूलो मात्रामा डिजिटल प्लेटफर्म निर्माण भए पनि हलको विजनेसलाई त्यसले ठूलो असर नगर्ने चलचित्रकर्मीहरूको भनाइ छ । 

डिजिटल प्लेटफर्मको अत्यधिक विकास र प्रयोग हुने देशमा पनि हलहरूको बिजनेसमा खासै नकारात्मक प्रभाव नपरेको क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्कर ढुंगाना बताउँछन् । कोरोनाको महामारीले पनि यसलाई प्रमाणित गरेको उनको भनाइ छ । 

कोरोनाको महामारी अगाडिसम्म पनि डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्पमा विकास भइरहेको अनुमान गरिए पनि कोरोनाको समयमा विश्वमा धेरै चलिचत्र हल कुरेर वर्षदिनसम्म बस्नुले पनि डिजिटल प्लेटफर्म हलको विकल्प नभएको पुष्टि भएको ढुंगाना बताउँछन् ।

Agni Group

“डिजिटल प्लेटफर्म र सिनेमा घर फरकफरक कुरा हुन् । सिनेमा घर र डिजिटल प्लेटफर्मबाट छुट्टाछुट्टै एक्सिपिरियन्स आउँछ,” उनी भन्छन्, “जुन-जुन देशमा डिजिटल प्लेटफर्म राम्रोसँग विकास र प्रयोग भएको छ, त्यसले सिनेमा हलमा दर्शक बढाएको पनि छ । र, जहाँ सिनेमा घरले राम्रो बिजनेस गरेको छ, त्यहाँ डिजिटल प्लेटफर्म पनि बढेको छ ।” 

डिजिटल प्लेटफर्म सिनेमा हलका प्रतिस्पर्धी हुन् कि होइनन् भनेर केही अध्ययन भएको र त्यसको निष्कर्ष डिजिटल प्लेटफर्म प्रतिस्पर्धी नभएर सिनेमा हलको परिपूरक भएको निष्किएको भाष्कर बताउँछन् । 

Global Ime bank

प्रायः अधिकांश फिचर फिल्म सिनेमा हलका लागि नै लक्षित गरेर बन्ने गरेको उनको भनाइ छ । त्यसमा पनि नेपाल, भारतलगायत देशमा निर्माताको पहिलो रोजाइ नै सिनेमा हल भएको उनी बताउँछन् । “डिजिटल प्लेटफर्मले सिनेमा हेर्न कल्चर विकास गर्छ । त्यसैले यो आयो भनेर सिनेमा हल सञ्चालकलाई समस्या छैन । कहिले केमा रिलिज हुन्छ भन्ने कुराले चाहिँ अर्थ राख्छ,” उनी भन्छन् । 

चलचित्र निर्देशक खगेन्द्र लामिछाने हलको प्रतिस्पर्धी डिजिटल प्लेटफर्म र डिजिटल प्लेटफर्मको प्रतिस्पर्धी हल कहिले पनि नहुने बताउँछन् । दुवैको आआफ्नै बजार हुने उनको तर्क छ । 

डिजिटल प्लेटफर्मले नागरिकमा चलचित्र हेर्ने कल्चर विकास गर्ने बताउँछन् । “हलमा नहेरेर डिजिटल प्लेटफर्मममा हेरे पनि फिल्म हेर्ने कल्चरको विकास हुन्छ । डिजिटल प्लेटफर्मममा चलचित्र हरेपछि यसले यो एक्टर, एक्ट्रेस वा निर्देशकको अर्को चलचित्रचाहिँ हलमा गएर हेर्छु भन्ने सोचको विकास गर्न पनि सहयोग गर्छ,” खगेन्द्र भन्छन्, “त्यसैले हलले डिजिटल प्लेटफर्मलाई र यसले हललाई सहयोग गर्छ भन्ने लाग्छ । त्यसैले यी दुई एकअर्काका प्रतिस्पर्धी होइनन् ।”

निर्देशक दीपेन्द्र के. खनाल हलमा हेर्दाको आनन्द डिजिटल प्लेटर्फममा चलचित्र हेर्दा नआउने बताउँछन् । कोरोना महामारीमा डिजिटल प्लेटफर्ममा थुप्रै चलचित्र हेरे पनि हलमा हेरेको जस्तो सुखद अनुभव गर्न नपाएको उनको भनाइ छ । 
“नौ महिना हलमा चलचित्र हेर्न नपाउँदा छटपटी भयो । कारण हलमा चलचित्र हेर्दा जुन आनन्द आउँछ त्यो डिजिटल एपमा हेर्दा आउँदैन । कहिले हल खुल्छन् र पहिलो दिन नै हलमा गएर चलचित्र हेरौं भन्ने मलाई भइरह्यो,” दीपेन्द्र भन्छन्, “यो समय मैले सबैभन्दा धेरै मिस गरेको भनेकै सिनेमा हल हो ।”

पछिल्लो दशक हलिउड तथा युरोपसँगै बलिउडमा डिजिटल प्लेटफर्मको विकास आक्रमक भए पनि सिनेमा हलको विकास, विस्तार र प्रयोग पनि त्यति नै बढिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC