site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हिंसात्मक क्यापिटल हमलाअघिको आफ्नो सन्देश उचित : ट्रम्प 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता संसद् भवनमा भएको भयानक हिंसामा आफूले समर्थकहरुलाई क्यापिटलतर्फ लाग्न दिएको सन्देश पूर्णरुपमा उचित भएको बताएका छन् ।

हिंसा भड्काएको आरोपमा डेमोक्रेट्सहरुले उनीमाथि महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनले ती सबै आरोप अर्थहीन भएकामा जोड दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यही जनवरी २० मा जो बाइडेनले राष्ट्रपतिको शपथग्रहण गरेलगत्तै ट्रम्पले ह्वाइट हाउस छाड्नेछन् । यसैबीच, प्रतिनिधिसभाका सदस्यहरुले यसै बुधबार उनीमाथि महाअभियोग लगाउनेसम्बन्धी मतदान गर्ने अपेक्षा रहेको छ ।

गत साता ट्रम्पको उक्साहटपूर्ण सन्देशका पछाडि लागेर हजारौँ समर्थकहरु अमेरिकी संसद्मा जबर्जस्ती घुसी तोडफोड गर्दै आतङ्क मच्चाएपछि सो दिनलाई अमेरिकी इतिहासकै भयानक मानिएको छ । जसमा पाँचजनाको मृत्यु भएको थियो भने ६० जना प्रहरीसहित दर्जनौँ घाइते भएका थिए ।

Global Ime bank

त्यस घटनापछि पहिलोपटक सार्वजानिकरुपमा देखा परेका ट्रम्पले यस्तो भनेका हुन्, “मेरो विचारमा बरु महाअभियोग जारी गरियो भने त्यसले चाहिँ हाम्रो देशमा ठूलो खतरा निम्त्याउन सक्छ अनि देशवासीमाझ आक्रोश बढाउनेछ । र, म हिंसा चाहँदिनँ ।” मेक्सिकोसँगको सिमानामा निर्माण गरिएको पर्खालको निरीक्षणका लागि ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा उनले त्यसो भनेका हुन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC