खेल
काठमाडौं । इटालियन सिरी ए फुटबलको लिग लिडर एसी मिलान कोपा इटालियन फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा टोरिनोलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै मिलानले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
मिलानको मैदानमा निर्धारित र थप गरिएको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीअघि घरेलु टिम मिलान १० खेलाडीमा समेटिएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७ १०:२७
प्रतिक्रिया दिनुहोस्