खेल
काठमाडौं । म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । बर्नलीको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ७१औं मिनेटमा मार्कुस रासफोर्डको पासमा भली गोल गरेका थिए ।
जितसँगै युनाइटेड लिगको शीर्ष स्थानमा उक्लेको छ । युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । बर्नली १६ अंक जोडेर १६औं स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७ ०९:५१
प्रतिक्रिया दिनुहोस्