सोनु सुदलाई बम्बे उच्च अदालतबाट केही दिनको राहत

सोनु सुदलाई बम्बे उच्च अदालतबाट केही दिनको राहत

मुम्बई । बम्बे उच्च अदालतले कथित अवैध निर्माण मुद्दामा बलिउड अभिनेता सोनु सुदलाई केही दिनका लागि भए पनि राहत दिएको छ । अदालतले बीएमसीलाई १३ जनवरीसम्म सोनु सुदाको बिल्डिङमा कुनै कारबाही गर्न रोक लगाएको छ ।

केही दिनअघि बीएमसीले सोनुविरुद्ध उजुरी दर्ता गराएको थियो । सोनुले जुहूस्थित उनको घर विनाकुनै अनुमति होटेलमा परिणत गरेको आरोप बीएमसीले लगाएको हो । त्यसपश्चात् अभिनेता सोनुले बम्बे उच्च अदालतमा निवेदन दिँदै गर्दै बीएमसीको नोटिसलाई चुनौती दिएका थिए ।

सोनुले उच्च अदालतमा दिएको निवेदनमा आफूले छतला आफ्नो भवमा कुनै अवैध वा अनाधिकृत निर्माण नगरेको उल्लेख गरेका छन् । साथै, उनले बीएमसीको अनुमति लिनुपर्ने गरी भवनमा केही परिवर्तन नगरेको पनि उल्लेख गरेका छन् । उनले महाराष्ट्र क्षेत्रीय र सहर योजना (एमआरटीपी) ऐनअन्तर्गत् अनुमतिमा भएको केही कुरामात्रै परिवर्तन गरेको बताएका छन् ।

यसअघि, सोनुले सिभिल अदालतमा यसबारे निवेदन पेस गरेका थिए । तर, त्यहाँबाट कुनै अन्तरिम राहत नमिलेपछि उनी उच्च अदालत पुगेका हुन् ।

सोनुले आफ्नो घर (शक्तिसागर)लाई कोरोनाभाइरससँग लडिरहेका योद्धाहरुका लागि केही समयका लागि होटेलमा परिणत गराएका हुन् । नवभारत टाइम्सबाट ।

प्रतिकृया दिनुहोस
ad