site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाइडेनको शपथअघि ट्रम्प समर्थकले हिंसात्मक प्रदर्शन गर्नसक्ने एफबीआईको चेतावनी 
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिकाको एफबीआईले राष्ट्रपति निर्वाचित जो बाइडेनको ह्वाइटहाउस प्रवेश समारोह अगाडि ट्रम्पको समर्थनमा हतियारधारी प्रदर्शनकारीहरुले अर्को हिंसा मच्चाउने सक्ने सम्भावनाबारे चेतावनी दिएको छ ।

जनवरी २० को उक्त कार्यक्रम अगाडि ट्रम्प समर्थक समूहहरुले देशभरका ५० वटा स्टेटमा भेला हुने योजना बनाइरहेकाबारे अहिले विभिन्न रिपोर्ट प्राप्त भइरहेको बताइएको छ । यसै डरका बीच कार्यक्रम अवधिभर सुरक्षा प्रणाली अझ कडा बनाइने तयारी गरिएको हो । 

Agni Group

उता, सोमबार बाइडेनले संचारकर्मीहरुसँग बोल्दै आफूलाई अमेरिकी संसद भवन बाहिर राष्ट्रपतिको सपथ लिन कुनै डर या समस्या नभएको बताएका छन् । गत साताको हिंसात्मक घटनाका बावजुद बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारीस दुवैले क्यापिटल भवन बाहिर नै शपथ लिने अपेक्षा रहेको छ । यस्तोमा सुरक्षा अधिकारीहरुले सो घटना पुनः नदोहोरिने तरिकाले सबै तयारी भइरहेको बताएका छन् । 

जनवरी ६ भएको सो दुर्घटनामा ट्रम्पका हजारौँ समर्थकले पुलिससँगको झडपपछि संसद भवनभित्र जबरजस्ती प्रवेश गरि तोडफोड र आतङ्क मच्चाएका थिए । यस सम्बन्धी गृह सुरक्षाका कार्यबाहक प्रमुख, चाड उल्फले बाइडेनको शपथ कार्यक्रम भन्दा ६ दिन अगाडिदेखि नै अमेरिकाभर सुरक्षा सम्बन्धी ‘विशेष अपरेसन’ सञ्चालन गरिने बताएका हुन् । यसमा सो समारोहका लागि मात्र क्यापिटलमा १५ हजार राष्ट्रिय सुरक्षा समूहलाई खटाइने बताइएको छ । 

Global Ime bank

एबीसी न्युजले रिपोर्ट गरे अनुसार एफबीआईको आन्तरिक बुलेटिनले, एउटा समूह ट्रम्पलाई कार्यालयबाट हटाएमा सबै स्टेटका लोकल र संघीय न्यायलयहरुमा घुसेर दङ्गा मच्चाउने योजना बनाइरहेका सम्बन्धी चेतावनी जारी गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC