site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१० विधामा एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड मंगलबार आयोजना हुँदै छ । विभिन्न खेलकुद विधामा आफ्नो कौसलता प्रदर्शन गर्दै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गर्दै आएको अवार्ड विभिन्न १० विधामा प्रदान गरिँदै छ । मनोनयमा परेका खेलाडीले यो अवार्डलाई देशको प्रतिष्ठित अवार्डका रुपमा लिँदै आएका छन् ।

कोरोना महामारीपूर्व नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सफल भयो । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले अहिलेसम्म सबैभन्दा धेरै स्वर्ण पदक जित्दै नयाँ इतिहास पनि रच्न सफल भयो । तेस्रोपटक आयोजना गर्दा नेपालले विगतका तुलनामा राम्रो नतिजा निकाल्दा नेपाली खेलकुद निकै प्रशंसित हुन पुग्यो । तिनै प्रतियोगितासँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मूल्यांकन गरेर अवार्ड गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार तय भएको अवार्ड कार्यक्रमको तयारी पूरा भएको मञ्चले जनाएको छ । विगतमा जस्तै यस वर्ष पनि मञ्चले विभिन्न १० विधाका खेलाडी तथा प्रशिक्षकलाई समावेश गरेरर अवार्ड कार्यक्रम गर्दै छ । जसमा राष्ट्रका लागि पदक दिलाउने खेलाडी समवेश भएका छन् भने पद दिलाउन प्रशिक्षकको भूमिका खेलेका प्रशिक्षक समावेश भएको मञ्चले जनाएको छ । 

यता राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाहीले पनि अवार्डले खेलाडीको मनोबल उच्च पार्ने बताइरहँदा भोटिङ प्रणालीमा सुधार गर्नु पर्ने सुझाइन् । अवार्डलाई सरकारले पनि महत्त्वपूर्ण अवार्डको रुपमा व्याख्या गर्दै आएको छ र आयोजना हुँदा सहयोग पनि गर्दै आएको छ ।

Global Ime bank

देशका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गरिने यस्ता अवार्डले खेलाडीको मनोबल अवश्य बढाउने गरेको छ । खेलाडीको मनोबल उच्च बनाउन सरकारले पनि यस्ता किसिमका कार्यक्रम गरे हौसला बढ्ने थियो । साथै प्रदान गर्दै आएका सेवा सुविधालाई सहज तरिकाले उपलब्ध गराए खेलाडी पलायन हुने समस्या पनि हट्ने थियो कि ? ताकि खेलकुद जीवन बिताउने खेलाडीलाई पश्चाताप हुने थिएन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC