site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पूर्वगोलरक्षक शाहीको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको सोमबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोलरक्षक रहेका थिए । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्णपदक जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । शाहीले चारपटक साफ खेल खेलेका थिए ।

सन् १९८२ मा नवौं एसियाली खेलकुद खेल्दा पनि उनी गोलरक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए ।

Global Ime bank

उनी २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए । पछिल्लोपटक उनी नेपाल बक्सिङ संघको समेत महासचिव रहेका थिए । वि.सं. २०७० मा नेपाल आइस हकी संघ स्थापना हुँदा शाही संघका संस्थापक अध्यक्षमा चयन भएका थिए । रासस
फाइल तस्बिरः एन्फा ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC