site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पल्सर स्पोर्टस अवार्डको प्रत्यक्ष प्रशारण ४ टेलिभिजनमा हेर्न पाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । 
 
कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टीभी एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको हो ।

साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । यस्तै त्रिपुरेश्वरस्थिति वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ । कार्यक्रमका निम्तालुहरु भने जुममार्फत जोडिनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड-१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुनेछ । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुने अध्यक्ष दुर्गानाथ सुवेदीले विज्ञप्तिमार्फत जनाएका छन् ।

अवार्ड भोलि (मंगलबार) ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपराह्‍न साढे ४ बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC