site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतले पाँचदिनपछि कोरोना खोप लगाउन सुरू गर्ने 
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतले जनवरी १६ अर्थात यसै शनिबारदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने सरकारले घोषणा गरेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई अत्यन्तै महत्वपूर्ण कदम बताउँदै आगामी जुलाइसम्म ३ करोड मानिसलाई खोप लगाउने लक्ष्य रहेको बताएका हुन् । भारतको कूल जनसङ्ख्या १.३ अर्ब रहेको छ । 

यसमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुले पहिलो डोज प्राप्त गर्ने पनि उनले बताएका हुन् । 

Agni Group

भारतमा विश्वकै दोस्रो सबैभन्दा धेरै कोभिड संक्रमित छन् । महामारी सुरु भएदेखि त्यहाँ १ करोड बढी कोरोनाका कारण बिरामी परेका हुन् । 

देशका दुई प्रमुख औषध निरीक्षकहरूले यसअघि भारतमै निर्मित दुईवटा खोपलाई स्वीकृति दिएका हुन्– अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप अनि अर्को भरत बायोटेकले निर्माण गरेको ‘कोभ्याक्सिन’ खोप । 

Global Ime bank

मोदीले यसबारे शनिबार ट्वीट गर्दै भनेका हुन्, “जनवरी १६ बाट सुरु गरेर हामी देशव्यापी खोप अभियान सञ्चालन गर्नेछौँ जसमा सबैभन्दा पहिलो प्राथमिकता हाम्रा बहादुर डाक्टर, स्वास्थ्यकर्मी अनि फ्रन्टलाइनका कर्मचारीलाई दिइनेछ । ”

सरकारको बयानअनुसार त्यसपछिको खोप सूचीमा ५० वर्ष भन्दा माथिको उमेरका सबै अनि पहिले नै गम्भीर स्वास्थ्य समस्या भएकाहरुले खोप लगाउन पाउनेछन् । भारतीय स्वास्थ्य अधिकारीहरुले यसअघि पनि देशभरका खोप केन्द्रमा ठूलो स्तरका ट्रायल सञ्चालन गरेका थिए र यसमा ७०० वटा जिल्लाका १ लाख ५० हजार बढी स्टाफहरुलाई यसको ट्रेनिङ पनि दिइसकिएको छ । 

तर अर्कोतर्फ केही स्वास्थ्यविद्हरुले भारतमा निर्मित कोभ्याक्स खोपको ट्रायल सम्पन्न नहुँदै त्यसलाई स्वीकृति दिन हतार गरिएको पनि भनेका छन् । 

स्वास्थ्य निरीक्षक, अल इन्डिया ड्रग एक्सन नेटवर्कले बताए अनुसार खोपको प्रभावकारीता सम्बन्धी डाटाको अभाव अहिले सबैभन्दा चिन्ताको विषय बनेको छ भने पारदर्शिता नअपनाउनुले पनि धेरै प्रश्न खडा गरेको उनीहरुले बताएका हुन् । 

तर उता भारतको औषध नियन्त्रक जेनेरल भीजी सोमानीले चाहिँ कोभ्याक्सिन अत्यन्तै सुरक्षित भएको र त्यसले प्रभावकारी इम्युन प्रतिक्रिया उत्पन्न गराउन सक्नेमा जोड दिएका हुन् । 

यस खोपको तेस्रो चरणको ट्रायल आगामी फेब्रुअरीसम्ममा पूरा भइ प्रभावकारीता पुष्टि गर्ने डाटा सार्वजनिक गरिने बताइएको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC