प्रधानमन्त्रीलाई नेकपाको चेतावनी- अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गर्न रोक्नू

प्रधानमन्त्रीलाई नेकपाको चेतावनी- अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गर्न रोक्नू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चरित्र अधिनायकवादी  र निरंकुश कदम ठहर गर्दै त्यस प्रकारको कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

पेरिसडाँडमा बसेको बैठकले यस्तो चेतावनी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । "प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्रलाई अधिनायकवादी र निरंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य रोक्न निर्देशन दिएको छ,’’ बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने ।

चारजना पूर्वन्यायाधीशहरुले जारी गरेको वक्तव्यप्रति ओलीले अपमान र धम्क्याउने काम गरेको भन्दै भर्त्सना गरेको पनि श्रेष्ठले बताए ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सरकारी सञ्चारमाध्यम गुटको पर्चाजस्तो बनिरहेको  भन्दै भर्त्सना गरेको छ । गुटको काम बन्द गर्न माग पनि गरेको प्रवक्ता श्रेष्ठले बताए । फाइल तस्बिर 

प्रतिकृया दिनुहोस
ad