खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपुतको निधन भएको छ । दुवै मिर्गौलाले काम नगर्ने समस्याबाट उनी पीडित थिए । २३ वर्षको उमेरमा जलेश्वरस्थित घरमै आइतबार बिहान ८ बजे उनको निधन भएको हो ।
उनी एक वर्ष देखि उपचाररत थिए । कुन्दनले दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप क्रिकेट खेलेका थिए ।
उनले प्रदेश २ बाट सहभागिता जनाएका थिए । कुन्दनलाई बचाउन ‘क्रिकेटर कुन्दन बचाऊ अभियान’ चलेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७ १४:५४
प्रतिक्रिया दिनुहोस्