site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हलमा सय प्रतिशत अकुपेन्सी : महामारीबीच कल्पना मात्रै !
Ghorahi CementGhorahi Cement

मुम्बई । कोरोना महामारीलाई मध्यनजर गर्दै मार्चदेखि बन्द रहेका भारतका हलहरु अक्टोबरदेखि पुनः खुल्न थालेका छन् । यद्यपि हलमा सय प्रतिशत नभई ५० प्रतिशत अकुपेन्सीलगायत सुरक्षाका अन्य गाइडलाइन अपनाएर खुल्ने भएका हुन् । 

यसैबीच तमिलनाडुका हलहरुले १०० प्रतिशत अकुपेन्सी सञ्चालन गर्न खोज्दा केन्द्र सरकारले रोक लगाएपछि, यस्तो लाग्छ कि २०२१ मा पनि हलवालहरुको समस्या उस्तै रहनेछन् । लामो समयपछि खोलिएका भारतका हलहरु अझै पनि आफ्नो खुट्टामा उभिन संघर्ष गरिरहेका छन् । सरकारले ५० प्रतिशत अकुपेन्सीमा खोल्न अनुमति दिएको छ, तर कुनै पनि चलचित्रले दर्शकलाई कोभिडको डर बिर्साउन सक्नेगरी आकर्षित गर्न सकेको छैन ।

तमिलनाडुले हालै अकुपेन्सीलाई बढाएर १०० प्रतिशत पुर्‍याउन खोजेकै थियो, कि केन्द्रले आदेश दिएर ५० प्रतिशतमै बस्न निर्देशन दियो । २०२१ सुरु भएसँगै हलहरु माथि उठ्न सकिन्छ कि भन्ने आशा थिए । तर केन्द्रको यस्तो निर्देशनले २०२१ को बाँकी महिनाहरु कस्तो हुन्छ भन्ने अन्योलता सिर्जन भएको छ ।

Agni Group

के केन्द्रको यो कदमले व्यापारलाई कमजोर बनाउँछ ? भन्ने प्रश्न उठेको छ । ट्रेड एनालिस्टी तरण आदर्श हलको अकुपेन्सी ७५ प्रतिशत मात्रै वृद्धि भए पनि उत्तम हुने मान्छन् । उनी भन्छन्, “सप्ताहन्तमा (विकेन्ड), बक्स अफिसमा गनिने सबै ठूला चलचित्रहरुले भारतभरमा औसतमा ८० प्रतिशत अकुपेन्सी ओगटेको हुन्छ । आजको समयमा मान्छेहरु रिलिजको भएको दोस्रो साता जानेछन्, हाउसफुल हुने कुरा र रिर्पोरेट सकारात्मक भएका आधारमा । ढिला वा चाँडो दर्शक हलसम्म जाने सम्भव छ, यो सबै सूर्यवंशी, ८३, राधे, बेलबटमजस्ता ठूला बजेटका चलचित्रहरुमा निर्भर हुनेछ । धेरै चलचित्रहरु पाइपलाइनमा छन् । आशा छ खुसीका दिनहरु फेरि फिर्ता हुनेछन् ।”

तर सिनेमा घरहरुले अहिलेसम्म कसरी ५० प्रतिशतको क्यापको सामना गरिरहेका छन् ? के उनीहरुले यो चाँडै नै १०० प्रतिशतमा पुग्नेछ भन्ने सोचिरहेका छन् त ?

Global Ime bank

हल सञ्चालकहरु आशावादी नै छन् । किनभने उनीहरुका अनुसार हालै रिलिज भएका ठूला हलिउड चलचित्रले ५० प्रतिशतमा पनि आउसफुल बनाएको थियो ।

यसबारे प्रस्ट्याउन आईएनओएक्स लेजरका प्रमुख प्रोगामिङ अधिकार राजेन्द्र ज्याला भन्छन्, “हामी धेरै आशावादी छौं । भाग्यवश कोभिड केसहरु ओरालो झर्दै छ । अन्य सबै उद्योग खोलिसकेका छन् । यो सबै विषयमा निर्भर छ ।” 

उनी अगाडि थप्छन्, “दुर्भाग्यवश, कुनै ठूलो बलिउड चलचित्रहरु आइरहेका छैनन् । तर चाहे टिनेट होस् वा वोन्डर वुमन ५० प्रतिशत अकुपेन्सीमा पनि हामीले हाउसफुल शो चलायौं । क्षेत्रीय चलचित्रमा २,३ वटा तमिल चलचित्रले राम्रो गर्‍यो । त्यस्तै बंगला चलचित्रहरुको पनि नतिजा रह्‍यो । उत्तर भारतको दिवालीजस्तै पोंगल दक्षिणमा सबैभन्दा ठूलो चाड हो । मास्टर विजय अभिनीत सबैभन्दा ठूलो रिलिज हो । त्यसैले क्षमता (अकुपेन्सी) यी जस्ता ठूला बजेटका चलचित्रका लागि धेरै फरक पार्छ ।”

“एक प्रदर्शकको दृष्टिकोणबाट हेर्दा, १०० प्रतिशत अकुपेन्सीमा रोक लगाउनु निराशाजनक छ,” अक्षय राठी भन्छन्, “यो चलचित्र प्रदर्शनीका लागि गम्भीर समय हो । ठूला बजेटका चलचित्रहरु रिलिज भएका छैनन् र उनीहरु १०० प्रतिशत अकुपेन्सी नभएसम्म रिलिज हुँदैनन् । सरकारले अहिलेसम्म पनि यो क्षेत्रलाई सहयोग पुर्‍याउन केही पनि गरेको छैन । पुनः उठ्नका लागि थप क्षमताहरु आवश्यक छ । विश्वमा कहीँ कतैबाट पनि सिनेमा घरहरुबाट संक्रमण फैलिएको भन्ने रिपोर्ट आएको छैन । सिनेमा घरहरु नियन्त्रण वातारवरणमा हुन्छन् । जब सार्वजनिक यातायात, मललगायत सबै सामान्य क्षमतामा खोलिसक्दा पनि सिनेमाघरलाई मात्रै किन यस्तो गरिएको मैले सोच्न सकेको छैन ।”

यद्यपि ट्रेड एक्पर्ट अतुल मोहनका अनुसार ५० प्रतिशत अकुपेन्सी बिदा भन्दा अन्य दिन (विक डेज) मा खासै फरक पर्दैन । किनभने विकेन्डको तुलनामा यी दिनमा कम नै हुन्छन् । 

उनी भन्छन्, “सरकारलाई राम्रोसँग थाहा छ कसका लागि के ठीक छ भनेर । मलाई लाग्छ विकेन्ड नै यस उद्योगको मुख्य कमाइ हो । जब राम्रो चलचित्रहरुको अकुपेन्सी ८० प्रतिशतमा पुग्छ तब अधिकतम राजस्व उत्पन्न हुन्छ । यहाँसम्म कि ठिक्कको बजेटको चलचित्रले विकेन्डमा पनि ५० प्रतिशत अकुपेन्सी मात्रै पाउँछ । त्यसैले ५० प्रतिशतले केही फरक पर्दैन ।”

-हिन्दुस्तान टाइम्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC