site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायतमा लगातार चौथो दिन एक हजार बढी कोभिड संक्रमितको मृत्यु 
Ghorahi CementGhorahi Cement

बीबीसी । बेलायतमा कोभिड पोजेटिभ भएको २८ दिनमा मृत्यु हुनेको सङ्ख्या ८० हजार पार गरिसकेको छ । त्यस्तै, दैनिक नयाँ बिरामी थपिने दर पनि ५९ हजारभन्दा धेरैले वृद्धि भइरहेको जनाइएको छ ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा मात्र कोभिडसँग सम्बन्धित मृत्युदर बढी रहेको पाइएको छ । तर, बेलायतमा शनिबार लगातार चौथो दिन दैनिक कोभिड मृत्युको सङ्ख्या एक हजार पार गरेको हो ।

Agni Group

यस्तोमा वैज्ञानिकहरुले देशभर जारी लकडाउनका नियमहरुमा अझ कडाइ गर्न सरकारलाई सुझाव दिएका छन् । मन्त्रीहरुले पनि सबै नागरिकलाई आफू संक्रमित भएजसरी सतर्कतापूर्ण व्यवहार गर्न नयाँ अभियान सञ्चालन गरेका छन् ।

शुक्रबार मात्र लन्डनका मेयर सिद्दिक खानले राजधानीमा भाइरसको फैलावट नियन्त्रणबाहिर पुगिसकेको बताएका थिए । सार्वजानिक स्वास्थ्य एजेन्सीको आधिकारिक तथ्याङ्कमा पनि लन्डनमा भाइरस संक्रमणको दर क्षेत्रीयस्तरमा सबैभन्दा उच्च रहेको देखिएको छ ।

Global Ime bank

हाल इङ्ल्यान्डमा जारी राष्ट्रिय लकडाउनमा सबै नागरिकहरुलाई घरमै बस्न निर्देशन दिइएको छ र अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कन पाइने भनिएको छ । तर, सो नियम अझै पनि अहिलेको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न पर्याप्त नभएको रोगविद् एवम् प्रोफेसर रोबर्ट वेस्टले बताएका छन् । उनका अनुसार देशभर फैलिरहेको नयाँ प्रकारको कोरोनाभाइरस पहिलेको तुलनामा ५० प्रतिशत बढी संक्रमक छ । त्यसकारण भाइरसविरुद्ध मार्चमा जस्तो सकारात्मक नतिजा प्राप्त गर्नका लागि लकडाउन अत्यन्तै कडा हुन जरुरी छ ।

युनिभर्सिटी कलेज लन्डनका हेल्थ साइकोलोजी प्रोफेसरले पनि पहिलो लकडाउनको विपरीत अहिले बालबालिकाहरु स्कुल गइरहेको गुनासो गरेका हुन् । उनका अनुसार स्कुलले सामुदायिक संक्रमणलाई प्रभावित गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

सरकारले चाहिँ यसपटक नियमहरु व्याख्या गर्नभन्दा पनि त्यसलाई कार्यन्वयन गराउनमा बढी जोड दिइने बताइरहेको छ । यस्तोमा शनिबार लन्डनस्थित लकडाउनविरुद्धको विरोध कार्यक्रममा सहभागी १२ जनालाई पक्राउ गरिएको थियो ।

त्यस्तै, बकिङ्घम प्यालेसमा शनिबार ९४ वर्षीया रानी एलिजाबेथ र ९९ वर्षीय डुक अफ एडिनबर्गले कोरोनाविरुद्धको खोप लगाएको खबर गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC