site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
देशव्यापीरुपमा बत्ती गएपछि अन्धकारमय बन्यो पाकिस्तान 
Sarbottam CementSarbottam Cement

बीबीसी । देशव्यापीरुपमा ठूलो ‘पावर कट’ भएपछि पाकिस्तान शनिबार मध्यरातदेखि अन्धकारमय बनेको छ । खबरका अनुसार अहिले केही क्षेत्रहरुमा बिजुली विस्तारै पुनः सुचारु गरिएको छ ।

यस्तोमा सरकारी अधिकारीहरुले सबैलाई शान्त रहन अनुरोध गरेका छन् । तर, पूर्णरुपमा बिजुली आउन धेरै घण्टा लाग्न सक्ने चेतावनी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बत्ती जानु पाकिस्तानमा नयाँ कुरा भने होइन । प्रायः अस्पतालहरुले यसैका कारण ‘ब्याक अप’स्वरुप डिजेलबाट चल्ने जेनेरेटर राख्ने गरेका छन् ।

यसबारे पाकिस्तानका ऊर्जामन्त्री ओमार आयुब खानले ट्वीटरमार्फत् आइतबार बिहान लेखेका छन्, “पावर ट्रान्समिसन प्रणालीमा समस्या आएका कारण देशव्यापीरुपमा बत्ती गएको हो ।”

Global Ime bank

इस्लामावाद, लाहोर, कराचीसहित सबै प्रमुख सहरहरु यसबाट प्रभावित भएको बताइएको छ । यसको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको पनि खानले बताए ।

यस किसिमका घटनाका कारण विगतमा पनि मानिसहरु सडकमा प्रदर्शन गर्न बाध्य बनेका थिए । सन् २०१३ मा पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्तमा एक प्राविधिक समस्या आएपछि राष्ट्रियस्तरमै बिजुलीको नेटवर्क पूर्णरुपमा काम नगर्ने भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC