site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बार्सिलोनाको सहज जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोल अन्तरले हराएको हो ।

ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले दुई–दुई गोल गर्न सफल भए ।

Agni Group

खेलको १२औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

४२औँ मिनेनटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै बर्सिलोनाको अग्रता ३–० बनाए । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

Global Ime bank

बार्सिलोनाका लागि ६३औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई ४–० गोलको जित दिलाए । जितसँगै बार्सिलोना अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

लिगमा १८ खेल खेलेको बार्सिलोनाले ३४ अंक जोडेको छ । पराजित ग्रानाडा १७ खेलबाट २४ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC