site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डर्टमण्डको जितमा हालान्डको दुई गोल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो । 

लाइपजिगको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै जोर्डान सान्चोले एक गोल गर्न सफल भए । यता लाईपजिगका लागि आलेक्सेन्डरले एक गोल गरे । 

Agni Group

डर्टमण्डले तीन वटै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । खेलको ५५ औं मिनेटमा सान्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । 

७१ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । ८४ औं मिनेटमा हालान्डले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को गोेलसँगै जित नजिग पुगाए । 

Global Ime bank

खेलको इन्ज्यूरी समयमा आलेक्ससेन्डर सोर्टले गोल गरेपनि टिमको हार टार्न सकेनन् । जितसँगै डर्टमण्डले आफूलाई शीर्ष चारमा स्थापित गरेको छ । लिगमा १५ खेल खेलेको डर्टमण्डको २८ अंक छ । पराजित लाइपजिग भने तालिकाको दोस्रो स्थानमा रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC