site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी– न्यायालयलाई नधम्क्याउनूस् 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

Agni Group

“न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,” उनको प्रश्न थियो, “एकजना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन् । के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?” चारजना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले एक विज्ञप्ति जारी गरेर शुक्रबार संसद् विघटनको धारा संविधानमा नभएको भन्दै ध्यानाकर्षण भएको जनाएका थिए ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा ओली चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध आक्रोशित बनेका थिए ।  उनले अति जान्ने सुन्ने अजासु केही निस्किएर संवैधानिक इजलासले हुँदैन भनेका छन् भन्दै आक्रोश व्यक्त गरे । “कुन संविधानले भन्यो ?,” उनले भने, “हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन । न्यायालयले संसद् पुनःस्थापना गर्दैन ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC