विदेश
काठमाडौं । इन्डोनेसियामा एक विमान बेपत्ता भएको छ । उडान भरेको केहीबेरमा नै श्रीविजया एयर बोइङ ७३७ विमान बेपत्ता भएको हो ।
फ्लाइट राडारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उक्त विमान एक मिनेटमा १० हजार फिट तल झरेको थियो । उक्त विमान दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँको पारवहन मन्त्रालयले बेपत्ता विमानको खोजी जारी रहेको जनाएको छ ।
विमानमा ६२ जना सवार थिए ।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७ १९:२४
प्रतिक्रिया दिनुहोस्