site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्तक परिचय  : नेपाली क्रान्ति र गणेशमान सिंह
Sarbottam CementSarbottam Cement

नेपाली क्रान्ति र गणेशमान सिंह
(जीवन यात्रा : हरि गौतम)

नेपाली क्रान्तिका शिखरपुरुष हुन् गणेशमान सिंह । उनको जीवनका अनेकानेक घटना आज पनि धेरैका लागि प्रेरणादायी हुनसक्छ । उनको राजनीतिक लगाव, उनले गरेका कर्म, उनको हिम्मत र संघर्षका गाथा मानिसका लागि जति रोचक र रोमाञ्चित तुल्याउने खालको छ, त्यतिकै उनको त्याग र समर्पणको कथा पनि राजनीतिमा लाग्नेहरूका लागि उत्प्रेरणीय पनि छ । तर आजको स्वार्थी राजनीतिक वृत्तमा गणेशमान सिंहको त्याग र समर्पणलाई कहाँ कसैले स्मरण गर्छन् र !

गणेशमान सिंहलाई सदैव लौहपुरुष भनियो । उनी थिए पनि त्यस्तै, फलामे मन–मुटु भएका । उनै लौहपुरुषको जीवनका इतिवृत्तिलाई लेखक हरि गौतमले ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ पुस्तकमा समेटेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पुस्तकमा भूमिका लेख्दै डा. गोविन्दराज भट्टराई भन्छन्, ‘अनेक पूर्व–अध्ययन, प्रकाशनको संयोजन र सारले अनि तिनको विश्लेषणको सहयोगले निर्मित प्रस्तुत ग्रन्थका नायक गणेशमान सिंह एक निर्भीक औ दृढ–प्रतिज्ञ महापुरुषलाई नयाँ समयमा अवतरण गराएका छन् । यसरी गणेशमानले गरेको यात्रापथ झलमल्ल देखिने भएको छ ।’

पुस्तकमा २१ वटा अध्यायभित्र ‘क्रान्तिको पृष्ठभूमि र गणेशमान सिंहको वंश’देखि उनीसँग जोडिएका धेरै प्रसंग–सन्दर्भहरू उल्लेख छन् । गणशेमान र गंगालालको सम्बन्ध, नेपाल प्रजापरिषद् र गणेशमान सिंह, भद्रगोलदेखि कलकत्तासम्म, असम्भव भेट (दुई व्यक्तिबीच), त्रिपक्षीय सरकार र गणेशमान सिंह, नेपाली कांग्रेस र गणेशमान सिंह, चक्रव्यूहमा क्रान्ति, क्रान्ति कथालगायत विभिन्न शीर्षकमा गणेशमान सिंहका विविध पाटाहरूलाई केलाउने प्रयास गरिएको छ ।

Global Ime bank

उसो त गणेशमान सिंहका विषयमा धेरैले धेरै ठाउँमा धेरै कुरा लेखिसकेका छन् । तर पनि यस पुस्तकमा लेखक हरि गौतमले संयोजन गरेरै भए पनि गणेशमान सिंहका बारेमा बुझ्न र जान्न खोज्नेहरूका लागि धेरै सामग्रीलाई एउटै ठाउँमा जुटाइदिएका छन् ।

ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको ७०० बढी पृष्ठको यस पुस्तकको मूल्य ९७५ रुपैयाँ तोकिएको छ ।

० ० ०

मोडहरूमा म 
(आत्मसंस्मरण : भोजराज घिमिरे)

मानिसको जीवनमा कति बेला के हुन्छ, त्यसले कतिबेला कसरी पाइला फेर्छ र जीवनयात्रा कता मोडिन्छ भन्ने बुझ्न गाह्रो छ । सोचिन्छ के र हुन्छ के ! यही दर्शनका साथ मानिसको जीवन सधैँ चलायमान रहन्छ ।

जागिरे पिताजीसँग बाल्यकालमै रामेछापबाट सर्लाही झरेका भोजराज घिमिरे मलंगवा सीमापारिको बजार सोनवर्सामा पढ्दा नै उनी राजनीतिप्रति आकर्षित भए । भारतमा भइरहेको क्रान्तिबाट अभिप्रेरित उनी जब दरभंगामा पढ्न थाले, नेपाली क्रान्तिका नेतृत्वकर्ताहरूको सम्पर्कमा आए । अनि होमिए, २००७ सालको जनक्रान्तिमा ।

यसरी नेपाली कांग्रेससँग आबद्ध उनी जनकपुर क्षेत्रको राजनीतिमा सक्रिय रहे । २०१७ सालमा जेल परेपछि उनको जीवनमा अर्को मोड आयो । त्यस उप्रान्त राष्ट्रिय पञ्चायतको सदस्य हुँदै मन्त्रीसम्मको पदीय जिम्मेवारीमा रहे ।

उनै पुराना गृहमन्त्री भोजराज घिमिरेको जीवनका केही मोडहरूको कथा समेटिएको छ ‘मोडहरूमा म’ मा ।

राजनीतिज्ञ विश्वबन्धु थापा पुस्तकको भूमिकामा लेख्छन्, ‘...दरबारलाई तरबारको धार भन्छन्, तर उहाँलाई कुनै धारले छोएन । राजालाई थाहा थियो भोजराज कांग्रेसी हुन् भनेर, तर पनि भोजराजजीमाथि राजाको विश्वास बढ्दै गयो । राजाले उहाँलाई विश्वास गरे भने प्रधानमन्त्री हुनेले पनि उहाँबाट राम्रै सहयोग पाएका थिए ।’ 

भुवनप्रसाद ओझा र डा. रामकृष्ण न्यौपानेद्वारा प्रकाशनमा ल्याइएको ११४ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपैयाँ राखिएको छ ।

० ० ०

हिमाल, शेर्पा र यती 
(नियात्रा : भीष्म उप्रेती)

भीष्म उप्रेती जति सुन्दर कविता लेख्छन् त्यति नै सुन्दरताका साथ कलम चलाउँछन् निबन्धमा पनि । कहिलेकाहीँ उनका निबन्धमा कविता पनि पढ्न पाइन्छ । जति सहज रूपमा भीष्मका कवितामा डुबिन्छ त्यतिकै सहज उनका निबन्धहरू विचरण गर्दा अनुभव गर्न सकिन्छ । भीष्म उप्रेती आफ्ना कवितामै त पाठकलाई यात्रा गराउँछन् भने उनको नियात्रामा घुम्न नपाउने कुरै भएन । 

भीष्मको पछिल्लो नियात्रा कृति हो, ‘हिमाल, शेर्पा र यती’ । जसमा भीष्मले गरेको सगरमाथा आधार शिविरको यात्रामा पाठकले नियात्राका हरफहरूसँगै उनलाई पछ्याउन सक्छन् । भीष्मको धेरै अघिदेखिको इच्छा हो सगरमाथा आधार शिविरको यात्रा । र एकपटक यो यात्रा जु¥यो पनि । जसले भीष्मलाई यो पुस्तक लेख्न हुटहुटायो । उनले लेखेकै छन्, ‘...आधारशिविरको यात्रा सम्पन्न गर्ने अवसर नपाएको भए यो पुस्तक लेखिने थिएन ।’

‘उठान’ अनि ‘र अन्त्यमा’कासाथै पहिलो दिनदेखि ११ दिनसम्मको यात्रालाई उनले यस नियात्रा संग्रहमा पस्केका छन् । उनको यस नियात्रामा ठाउँ–ठाउँमा कविता पनि पढ्न पाइन्छ । उनका कवितासँगै यात्रा गर्न पाइन्छ ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको २४२ पृष्ठको ‘हिमाल, शेर्पा र यती’को मूल्य २७५ रुपैयाँ राखिएको छ ।

० ० ०

सिनेमा मन्थन 
(चलचित्र चर्चा : मनोज पण्डित)

मनोज पण्डितले लेखेको ‘सिनेमा मन्थन’ चलचित्रसँग सम्बन्धित पुस्तक हो । १५५ पृष्ठमा समेटिएको यो पुस्तकमा सिनेमाका विभिन्न आयाममा कलम चलाइएको छ । 

३४ उप–शीर्षकमा विभाजन गरिएको पुस्तकले सिनेमाको कथ्य÷कथा, पात्र, चाहना, अवरोध, समस्या, संघर्ष, संरचना, दर्शक, समीक्षा, चरित्र, रोगी सिनेमालगायत विषयमा चिरफार गर्ने प्रयास गरेको छ । 

सिनेमा बनाउने, हेर्ने र समीक्षा लेख्ने तीनै पक्षलाई पुस्तक उपयोगी हुने लेखकको अपेक्षा छ । अरूका लागि भन्दा पनि आफ्नै लागि पुस्तक लेखेको बताउने मनोजले आगामी दिनमा आफूले पुस्तकमा लेखेका कुरालाई आफ्नै चलचित्रमा उतार्ने जमर्को गरेका छन् । 

लहडका भरमा चलचित्र बनाउँदा अपेक्षित चलत्रित्र बन्न नसकिरहेको विद्यमान अवस्थालाई केलाउँदै उनले रोगी सिनेमाले दर्शकको ध्यान खिच्न नसक्ने चर्चा पुस्तकमा गरेका छन् ।

इन्डिगो आईएनकेले प्रकाशनमा ल्याएको चलचित्रसम्बन्धी यस पुस्तकको मूल्य २९९ रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC