site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिनेमा हलले कहिले पाउँछन् बक्स अफिस कोड ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डलाई सिनेमा हलहरुलाई बक्स अफिस कोड उपलब्ध नगराउन निर्देशन दिएको छ । सरकारले औपचारिक रुपमा सिनेमा हल खोल्ने निर्णय नगरेकाले बक्स अफिस कोर्ड नदिन सञ्चार मन्त्रालयले बोर्डलाई निर्देशन दिएको हो । बक्स अफिस लागु भएका हलमा उक्त कोेड प्रयोग गरेपछि कति टिकट विक्री भयो भन्ने तथ्यांक  चलचित्र विकास बोर्ड, राजस्व कार्यालय र एनआईडीसीमा पनि जान्छ । 

“मैले पहल गर्दागर्दै पनि यो काम हुन सकेको छैन । बोर्डले आन्तरिक निर्णय गरेर मात्रै दिन मिल्ने भए दिइसक्थ्यो । तर यो हामीभन्दा माथिल्लयो निकायले निर्णय गरेर हामीलाई पत्राचार नगरेसम्म हामीले दिन सक्दैनौं,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “चलचित्र संघले सेन्सर रोक्नु भएन भन्यो, हामीले राकेका छैनौं । सक्दो सकारात्मक पहल मैले गरिरहेको छु ।”

Agni Group

पुस १० गतेबाट एकतर्फी रुपमा सञ्चालकहरुले सिनेमा हल खोले पनि हलहरुलाई बक्स अफिस कोड उपलब्ध नगराउँदा राजस्व उठ्न सकेको छैन । बोर्डको आम्दानीको मुख्य स्रोत नै चलचित्र विकास शुल्क हो ।  चलचित्र प्रदर्शन भएवापत विकास शुल्कका रुपमा उठेको रकमको केही प्रतिशत बोर्डलाई जान्छ । र, त्यही रकमबाट बोर्ड सञ्चालन हुने गर्छ । १० महिनाबाट उक्त आयस्रोत बन्द हुँदा बोर्ड समस्यामा छ । 

अझै तीनचार महिना अवस्था यस्तै रहे कर्मचारीलाई तलब खुवाउन पनि समस्या हुने बोर्ड अध्यक्ष दयाराम दाहालले बताउँदै आएका छन् । 

Global Ime bank

बोर्डलाई चलचित्र सेन्सर पनि नगर्न मन्त्रालयले निर्देशन दिएको छ । यद्यपि बोर्डले सेन्सर भने रोकेको छैन । आज शुक्रबार हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । 

एक हप्ता अगाडि नै सीसीएमसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बोर्ड र चलचित्र संघको आग्रह अनुसार सिनेमा हल खोल्ने निर्णय गर्न आग्रह गरे पनि मन्त्रिपरिषदले निर्णय गरेको छैन । 

पुस १० गतेबाट चलचित्र संघको आग्रहमा एकतर्फ रुपमा सिनेमा हलहरु सञ्चालनमा छन् । सबै पेशा व्यवसाय खोलिसक्दा पनि सिनेमा हल भने खोल्ने निर्णय सरकारले नगरेको भन्दै चलचित्रकर्मी सरकारसँग असन्तुष्ट छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC