site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प समर्थकहरुको विद्रोहप्रति बाइडेनको कडा निन्दा
Sarbottam CementSarbottam Cement

बीबीसी । राष्ट्रपति निर्वाचित जो बाइडेनले क्यापिटल भवनबाहिर हिंसा मच्चाइरहेका डोनाल्ड ट्रम्प समर्थकहरुका गतिविधिको कडा आलोचना गरेका छन् । उनले यसमा राष्ट्रपति ट्रम्पलाई हिंसा रोक्न प्रभावकारी कदम उठाउन माग पनि गरेका हुन् ।

डेलावेरबाट बोल्दै बाइडेनले यो घटना प्रजातन्त्रमाथिको अप्रत्याशित हमला भएको आरोप लगाएका हुन् । उनले भनेका छन्, “म यसमा राष्ट्रप्रति ट्रम्पलाई राष्ट्रिय टेलिभिजनमा उपस्थित भई संविधानको प्रतिरक्षामा आफूले लिएको शपथ पूरा गर्न र यो विद्रोह अन्त्य गर्न तत्काल माग गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि ट्रम्पले नै आफ्ना समर्थकहरुलाई क्यापिटलतर्फ अघि बढ्न उक्साएका थिए । तर, पछि हिंसा चर्किएपछि भने सबैलाई घर फर्कन भनेका हुन् । नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेनको जित सुनिश्चित गर्ने समारोह यसै विद्रोहका कारण केही समयका लागि स्थगित भएको थियो । जुन अहिले पुनः सुरु गरिएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्सले बुधबार बेलुका समारोह सुरु हुने बेलामै यो दिन अमेरिकी क्यापिटल इतिहासकै अँध्यारो दिन भएको उल्लेख गरेका थिए । प्रदर्शनकारीहरुरुले प्रहरीसँगको झडपपछि जबर्जस्ती भवनभित्र प्रवेश गर्दै ट्रम्पको नाम लिएर चिच्याउँदै अमेरिकी झन्डा देखाउँदै राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन माग गरेका हुन् ।

Global Ime bank

भवनबाहिर बन्दुक चलेका आवाज र अश्रुग्यास फालिएका दृश्यबीच कंग्रेसका सदस्यहरु सुरक्षाका लागि सिटपछाडि यत्रतत्र हुनुपरेको थियो । प्रदर्शनकै क्रममा क्यापिटल भवनभित्र एक महिलाको गोली लागी मृत्युसमेत भएको खबर गरिएको छ । फेडेरल कानुन अधिकारीले बताएअनुसार दुईओटा शंकास्पद विस्फोटक डिभाइसहरु एफडीआई र प्रहरीले पत्ता लगाई सुरक्षित तरिकाले नियन्त्रणमा लिइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC