site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसका १० लाखलाई स्पुतनिक भी खोप दिइयो
Sarbottam CementSarbottam Cement

मस्को । रुसका १० लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएकोसम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक गरेको हो ।

कोरोनाभाइरसविरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर, अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुतनिक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए । रुसकै केही स्वास्थ्य विशेषज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ ।

Global Ime bank

रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोनाविरुद्धका अन्य खोपको तुलनामा स्पुतनिक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् । कोरोनाविरुद्धको खोप लगाउनेक्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिनेक्रम पनि चलिरहेकै छ ।

कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपंक्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरि अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरि अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । रासस/एएनआई
फाइल तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC