site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समयमै हिमपात हुँदा हुम्लाका किसान खुसी, भन्छन्- अब स्याउको उत्पादन बढ्ने भो ! (तस्बिरसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । लामो समयदेखि खडेरीको मार खेपेका हुम्लाका किसान समयमै हिमपात हुँदा खुसी भएका छन् । असोजदेखि नै बाझिएका खेतबारी हिँउले भिजाएपछि किसानहरु बाली लगाउने तयारीमा छन् ।

हुम्लाको लिमी, लाप्चा, बर्गाउ, बुराउँसे, स्याँडा, ठेहे, सिमिकोट, नाम्खालगायत उच्च हिमाली क्षेत्रमा हिमापात भएको छ । तल्लो क्षेत्रमा भने भारी वर्षा भएको छ । असोजदेखि अधिकांश पाखो जमिन बाँझै थियो । अब पाखो जमिनमा गहुँ छर्ने तयारीमा हुम्लाका किसानहरु छन् ।

‘‘लामो समय आकाशको पानीको भर पर्दा गहुँ छर्ने सिजन जान लागिसकेको थियो,’’ स्थानीय किसान छिमी लामाले बताए, ‘‘यतिखेर हिउँ पर्दा सुक्खा जमिन भिजेको छ । अब गहुँ छर्न उपयुक्त हुन्छ ।’’ हिमपातले जिल्लाका स्याउ किसान पनि  खुसी देखिएका छन् । स्याउ खेतीका लागि पनि चिस्यानको आवश्यकता पर्छ । त्यसैले पनि हुम्लाका किसान उत्साही बनेका छन् । ‘‘हिमपातसँगै खाडल खनेर स्याउ लगाउने तयारी गरिरहेका छौं,’’ स्थानीय साम्देन लामाले भने ।

Agni Group

पुसमा हिउँ पर्दा स्याउ उत्पादन पनि बढ्ने उनले बताए । ‘‘लामो समय खडेरी पर्दा स्याउमा कीराको संक्रमण हुन्थ्यो,’’ उनले भने । स्याउ नफल्ने र कालो तुषारोले बोट सुक्ने समस्या हुन्थ्यो । हिमपातले जमिन भिजेसँगै स्याउको उत्पादन पनि बढ्ने किसानहरुको विश्‍वास छ ।

कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख धर्बेन्द्र अधिकारीका अनुसार सिमिकोट गाउँपालिकाको कुल क्षेत्रफल ७८९ वर्गकिलोमिटरमध्ये १७ सय ५१.७ किलोमिटर खेतियोग्य जमिन छ । अहिले एक हजार ४६ हेक्टरमा खेती भइरहेको छ । जसमध्ये १३७ हेक्टरमा सिँचाइ पुगेको छ ।

Global Ime bank

No description available.

‘‘आकाशेपानीको भर हुँदा पाखोबारी बाँझै थियो । अब बाली लाग्ने भयो । विगतका वर्षहरुमा समयमै वर्षा नहुँदा पुस, माघमा कहिले त फागुनमा समेत बाली लगाउनुपरेको अवस्था थियो,’’ उनले भने । नियमित वर्षा नहुँदा किसानले निकै घाटा खेप्‍नुपर्ने बाध्यता थियो । ‘‘यो समयमा पनि त्यस्तै अवस्था आउँछ कि भन्ने डर थियो । धन्‍न पुसमै हिमपात भयो,’’ उनले भने ।

स्थानीय टेकबहादुर रावलका अनुसार यहाँका किसानले खेती गर्ने आधा जमिन बाँझै राखेर खाद्यन्‍न किनेर खाने गरेका छन् ।  केही जमिनमा स्याउ लगाइएका छन् । तर अनाज लगाउने क्षेत्रफल भने तुलनात्मक रुपमा कम रहेको रावल बताउँछन् । 

‘‘अब फेरि माघ-फागुनमा वर्षा भयो भने गहुँबाली निकै फस्टाउँछ,’’ हुम्ला गोप्काकी सुस्मिता फडेराले भनिन्, ‘‘यतिखेर वर्षा हुँदा निकै खुसी लागेको छ । गहुँ छर्नलाई पानी कुरेका थियौं, सजिलो भयो ।’’ कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पाका उच्च पहाडी गाउँमा हिँउ परेको छ । तल्लो भूभागमा भने पानी परेको छ । हेरौं हुम्लामा भएको हिमपातका थप तस्बिर :

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC