site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
टर्की । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स आइएस विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । 
रसियाको भ्रमणमा पुग्नुभएका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूण वार्ताका क्रममा टर्कीले सो आग्रह गरेको हो । 
यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएस विरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।  
यो प्रस्ताव पहिलो पटक टर्कीको तर्फबाट आएको भन्दै यसका लागि आवश्यक मात्रामा छलफल हुन बाँकी नै रहेको पनि उनले बताए । 
उनले भने– यो प्रस्ताव पहिलो पटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिने छ । 
टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा छन् । उनले आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसँग भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको जानकारी दिएका थिए ।  
गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । 
गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो । 
सेन्ट पिटस्बर्गमा यी दुई नेताबीच भएको यस भेटघाटमा एर्डोगानले असफल सैन्य विद्रोहपछि लगत्तै पुटिनले गर्नुभएको टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिएका थिए ।  
यस सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौ नागरिकलाई एर्डोगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एर्डोगान रसिया भ्रमणमा गएको बताइएको थियो । 
एर्डोगानको रसिया भ्रमणबाट दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ । यसपछि टर्कीले पनि आइएस विरुद्धको कारबाही संयुक्त रुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो । रासस÷एएफपी 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC