site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जुत्तामा ‘ठाकुर’ लेख्दा जेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत, उत्तर प्रदेशको बुलन्दसहर जिल्लामा एक पसल सञ्चालकलाई ‘ठाकुर’ ब्रान्डको जुत्ता बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बजरंग दलका एक कार्यकर्ताले उनीविरुद्ध उजुरी गरेका थिए ।

टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार घटना बुलन्दसहरस्थित गुलावठीको हो । बजरंग दलका सदस्य विशाल चौहानले एक पसलमा जुत्ताको सोलमा ठाकुर लेखिएको देखे । पसल सञ्चालकसामु गएर त्यसको विरोध गरे । उनले जातिगत भावनामा ठेस पुर्‍याएको आरोप लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यससँगै पसलबाहिर ठूलो संख्यामा मानिस जम्मा भए । पसल सञ्चालक मोहम्मद नासिरले उनीहरुलाई सम्झाउने कोसिस गरे कि ठाकुर जुत्ताको एक ब्रान्ड हो ।

विशाल चौहानले यसबारेमा प्रहरीमा उजुरी गरे । उजुरीमा उनले पसल सञ्चालक र जुत्ता बनाउनेविरुद्ध कडा कारबाहीको माग गरे ।

Global Ime bank

उक्त घटनाको भिडियोहरु अहिले भाइरल भइरहेको छ । जसमा पसल सञ्चालक र बजरंग दलका कार्यकर्ताबीच बहस भइरहेको देखिन्छ ।

पसल सञ्चालक नासिर र जुत्ता बनाउने कम्पनीविरुद्ध उजुरी दर्ता गरिएको छ । नासिरलाई सोधपुछका लागि हिरासतमा राखिएको जनाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC