site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायतमा फेरि लकडाउन घोषणा
Ghorahi CementGhorahi Cement

लन्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागु हुने जानकारी दिए ।

कोरोनाभाइरसविरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ ।

Agni Group

प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् ।

उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गरेको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

Global Ime bank

‘‘नयाँ प्रकारको भाइरस तीव्ररुपमा फैलिएको छ । त्यसैले यो समय उच्च सतर्कता अपनाउनुपर्ने समय हो,’’ उनले भने ।

उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् ।

एक टेलिभिजनमा बोल्नेक्रममा उनले देशभरि फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

मंगलबारदेखि लकडाउनअन्तर्गत् प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ ।

विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्कने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ ।

अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत वृद्धि भएको छ । रासस/एपी

तस्बिरः स्काइ न्यूज ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC