site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
छायांकनमा रहेका चलचित्रलाई कोरोनाको डर छैन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी-२’ को सुटिङ गरिरहेका निर्देशक नारायण रायमाझी छायांकनमा कोरोनाको त्यति धेरै असर नपरेको बताउँछन् । कोरोना संक्रमणको त्रास नसकिए पनि आमनागरिकले सामान्य रुपमा लिन थालिसकेको छायांकनका क्रममा आफूले अनुभूत गरेको उनी सुनाउँछन् ।

“हामीले पाल्पा र काठमाडौंमा छायांकन गर्यौं । तर कोरोना संक्रमणको त्रास कतै पनि महसुस गर्नु परेन । छायांकनका बेला मास्क खोल्न कलाकारलाई भन्दा उहाँहरुले अलिकति असहज मान्नुबाहेक अरु केही पनि महसुस भएन,” निर्देशक रायमाझी भन्छन्, “बरु हामीले अहिले छायांकनमा जानुअगाडि दुईपटक फ्लोरमा जाने प्रयास गरेका थियौं । तर, जान सकेका थिएनौं । गएपछि कुनै अफ्ठ्यारो परिस्थिति झेल्नु परेन ।”

उनले कोरोना संक्रमणको जोखिम छ भनेर सुटिङ युनिट घटाएनन् । गत फागुनमा जतिजनाको युनिट थियो त्यति नै परिचालन गरे ।
 
उनले छायांकनमा जानुअगाडि कलाकार र केही मुख्य व्यक्तिहरुको पीसीआर परीक्षण गराएका थिए, त्यसबाहेक अरुको गराएनन् । तर बिमा भने सबैको गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कलाकार र केही मेजर व्यक्तिहरुको मात्रै पीसीआर परीक्षण गराएर छायांकनमा गएका थियौं । सबैको पीसीआर परीक्षण गराइएन । तर, बिमा भने पहिला नै गरिसकेका थियौं,” नारायण भन्छन्, “बाहिर ननिस्कँदा मात्रै हो घरबाहिर निस्किएर हेर्दा सबैतिर भिड छ । जनजीवन सामान्य भएजस्तो लाग्छ । त्यसैले हामीले छायांकनमा कोरोनाकै कारण कुनै असहजपन पाएनौं । सम्झौता पनि परेनौं ।”

चलचित्र निर्माता संघले भने अधिकतम सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ । जोसँग पनि संक्रमण हुनसक्ने र त्यसको असर अन्ततः सम्पूर्ण सुटिङ युनिट, परिवार र निर्मातालाई नै पर्ने भएकाले पर्याप्त सावधानी अपनाउनुपर्ने संघ बताउँछ ।

Global Ime bank

“बजार, पसल, सार्वजनिक सवारी, हवाई यातायातलगायतमा भिड छ भन्दैमा हामीले पनि बेपरवाह भएर काम गर्नु हुँदैन । भोलि कोही एकजनालाई संक्रमण भयो भने त्यसको मार पर्ने अन्ततः निर्मातालाई नै हो । स्वास्थ्यमा क्षति बेहोर्नुपर्ने व्यक्ति स्वयंले नै हो । त्यसैले यसलाई कम आँक्नु हुँदैन,” निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, “तर राज्यले पनि हामीलाई मात्रै होइन समाजका अरु पक्षलाई पनि निगरानी गर्नुपर्‍यो । स्वास्थ्य सुरक्षा मापदण्ड सबै क्षेत्रमा पालना गराउनुपर्‍यो ।”

छायांकनमा जाने व्यक्तिको पीसीआर परीक्षण गराउनुपर्ने, प्रत्येक दुई/दुई घण्टामा टेम्प्रेचर परीक्षण गर्नुपर्ने, पूरै युनिट क्लोज क्याम्पमा बस्नुपर्ने, आउटडोर सुटिङमा जाँदा एउटा मात्रै होटेलमा बस्नुपर्नेमा उनको जोड छ । सुटिङ युनिटभित्रै पनि अनावश्यक धेरै घुलमिल हुन नहुने, आवश्यक परेको अवस्थामा मात्रै दुईमिटरभन्दा कमको दूरीमा बस्ने कुरामा पूर्ण सचेत हुन उनी आग्रह गर्छन् ।  

युरोप तथा अमेरिकामा इन्टिमेसी सिनका लागि ‘इन्टिमेसी डाइरेक्टर’ नै खडा गरेर स्वास्थ्य सुरक्षा अपनाइरहेका छन्, नेपालमा त्यो सम्भव छैन भन्ने जिज्ञासामा आकाश भन्छन्, “कति कुरा समाचारमा मात्रै आउने हुन्छन् । मुख्य कुरा भनेको पीसीआर परीक्षण नै हो । हामी परिवार पनि एकै ठाउँमा बसिरहेका छौं । कारण हामीसँग कोरोना संक्रमण छैन भन्ने आस्वस्त भएर हो । त्यसैले कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आइसकेपछि र क्लोज क्याम्पमा बसिसकेपछि धेरै हदसम्म सुरक्षित भइन्छ । बाँकी भनेको अन्तरंग सिनहरुका लागि दूरी कायम नगर्नेबोहक अरु समय भौतिक दूरी कायम गर्ने हो । होटेल एउटै प्रयोग गरेपछि धेरै हदसम्म सुरक्षित भइन्छ ।”

सरकारले मापदण्ड पालना गर भनेर मात्रै नहुने भन्दै आवश्यक सुविधा पनि दिनुपर्ने आकाश बताउँछन् । अन्य क्षेत्रलाई जस्तै सरकारले चलचित्र क्षेत्रलाई पनि सहजीकरण गर्दै जानुपर्ने उनको भनाइ छ । अब सिफारिस लिएर छायांकनमा जानेलाई सरकारकले प्रोजेक्ट बिमा गरिदिने भएको छ । पीसीआर परीक्षण पनि सरकारले निःशुल्क गरिदिनुपर्छ भन्ने संघले माग गर्दै आएको छ । अन्य मागका सम्बन्धमा पनि छलफल चलिरहेको आकाश बताउँछन् ।
 
कोरोना संक्रमण सुरु हुँदा गत वर्ष छायांकन भइरहेका केही चलचित्र अहिले छायांकनमा क्रममा छन् । अब जाडो सकिएपछि मात्रै अधिकांश चलचित्र छायांकनमा जाने तयारीमा रहेको संघ बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC