विदेश
काठमाडौं । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी प्रचारप्रसार रोक्न दवाव परेको छ ।
७० भन्दा बढी रिपब्लिकनले पार्टीको राष्ट्रिय समितिलाई पत्राचार गरी यस्तो माग गरेका हुन् । चुनावमा दिदै आएको सहयोग रोक्न पनि रिपब्लिकनहरुले माग गरेका छन् ।
उनीहरुले ट्रम्प अवरोधकारी र असक्षम भएको आरोप लगाउँदै रोक्न माग गरेका हुन् । विवादास्पद् अभिव्यक्तिका कारण पछिल्लो समयमा ट्रम्प विवादित बन्दै गएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३ १५:१५
प्रतिक्रिया दिनुहोस्