राजनीति
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता, पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रचण्डको पदलोलुपताका कारण नेकपा संकटमा परेको बताएका छन् ।
प्रचण्डले पद नपाएपछि पार्टीलाई गहिरो संकटमा पारेको भन्दै पोख्रेलले विगत लामो समय अघिदेखि पार्टीभित्र अन्तर्संघर्ष प्रचण्डले नै चर्काउँदै लगेको बताए । ‘‘प्रचण्डले बाह्य शक्तिले पार्टी विभाजन गरेको होइन हामीले नै हो भन्नुभएको हो । इशारा काफी छ । मैले धेरै विवेचना गर्नै पर्दैन,’’ उनले भने ।
नेपाली कांग्रेसलाई लक्षित गर्दै पोख्रेलले कम्युनिस्टका वैरीले प्रचण्डलाई फकाएदेखि नै उनले पार्टी अन्तर्संघर्ष गर्न थालेको पोख्रेलले आरोप लगाए ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७ १६:३७
प्रतिक्रिया दिनुहोस्