site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कालो बेलुन उडाएर गृहमन्त्रीको विरोध
Sarbottam CementSarbottam Cement

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता तथा समर्थकले कालो बेलुन उडाएर विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज गृहजिल्ला आएका गृहमन्त्री बादललाई विरोध स्वरुप उनीहरुले कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘बादल लाल गद्दार, असंवैधानिक कू का मतियार’ लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ । आज एकै समय पारेर भरतपुरको छुट्टाछुट्टै स्थानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड नेपाल पक्षले भेलाको आयोजना गरेका छन् ।
 
केपी ओली समूहको कार्यक्रम स्थल जाने बाटो भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध नेकपा समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका थिए । 

नेकपा (प्रचण्ड-नेपाल) पक्ष समर्थकहरुले भरतपुरका विभिन्न कार्यालय, होटेल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन् । पूर्वमाओवादी केन्द्रबाट गृहमन्त्रीसमेत भएका बादल संसद् विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएपछि उनको विरोध भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC