site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर प्रदेशमा दाहसंस्कार स्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

गाजियाबाद । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कार स्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।

मेरठका विभागीय आयुक्त सी मेश्रामले भने, ‘‘हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।’’ घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौँ । अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौँ,’’ सी मेश्रामले पत्रकारसँग भने ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्रीले घटनाबारे जानकारी लिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने, ‘‘दुःखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु ।’’

Global Ime bank

‘‘घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ,’’ उनले थपे ।

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

‘गाजियाबादको मुरादनगरमा दाहसंस्कार स्थलको कौसी ढल्दा धेरै व्यक्तिको मृत्यु भएको समाचारले मलाई स्तब्ध बनाएको छ । शोकको यस घडीमा म मृतकका परिवारजनमा शोक व्यक्त गर्दछु । साथै, दुर्घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’’ रक्षामन्त्रीको ट्वीटमा लेखिएको छ ।

घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार पीडितहरू आफ्नो आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कार स्थलको कौसी भत्किएपछि छानो खसेको थियो । मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

भाजपा सांसद् वीके सिंह, विधायक अजीत पाल त्यागी, उत्तर प्रदेशका मन्त्री अतुल गर्गलगायतका नेता पनि घटनास्थल पुगेका थिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC