site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना खोपमा भारतको अग्रगामी छलाङ्, दुईवटा खोपलाई प्रयोग अनुमति   
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना संक्रमणबाट दोस्रो प्रभावित मुलुक भारत, जसले एकैदिन दुईवटा कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति दिएर दक्षिण एसियामा आशालाग्दो सुरुवात गरेको छ ।  भारत सरकारले आफ्नै उत्पादन भारत बायोटेक कम्पनीको कोभाक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अष्ट्राजेनिका खोपलाई आइतबार आपतकालीन प्रयोगको अनुमति दिएको हो । 

दुईवटा खोपलाई अनुमति दिएसँगै भारत कोरोनाविरुद्धको खोप उत्पादन र प्रयोग गर्ने पहिलो दक्षिण एसियाली राष्ट्रमा सूचीकृत भएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको निर्णायक मोडको रुपमा लिएको बताएका छन् ।  भारतले शनिबार नै ९० हजार स्वास्थ्यकर्मीलाई खोप लिनका लागि तयार हुन आह्वान गरेको थियो यो वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने भारत सरकारको योजना रहेको छ ।

कोरोनाभाइरसका कारण भारतमा हालसम्म एक करोड ३२ लाख ४ हजार ६ सय ३१ जना संक्रमित भएको बीबीसीले जनाएको छ । एक लाख ४९ हजार ४ सय ७१ जनाले ज्यान गुमाइसकेका छन् ।

Agni Group

कस्ता खोप हुन् कोभाक्सिन र अष्ट्राजेनिका ?

कोभाक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेसनल इस्टिच्युट अफ भाइरोलोजीको सहकार्यमा उत्पादन भारत बायोटेकले उत्पादन गरेको खोप हो ।  गत जुलाइबाट ल्याब परीक्षण सुरु गरिएको यो खोपको नोभेम्बरमा परीक्षण पूरा भएको थियो ।  त्यस्तै अष्ट्राजेनिका अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको खोप हो । 
खोपको गत नोभेम्बरमा अन्तिम चरणको परीक्षण पूरा भएको थियो । 

Global Ime bank

बेलायत र अमेरिकाका केही राज्यहरुमा यसको परीक्षण गरिएको थियो । यसलाई रेगुलर तापक्रम  अर्थात् २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । 

कसरी पुर्‍याइन्छ डेढ अर्ब जनतालाई खोप ? 

भारतको शेरम इन्स्टिच्युट अफ इन्डियालगायत आधा दर्जन खोप कम्पनीले यसअघि खोपको आपूर्ति व्यवस्थापन र वितरणमा काम गर्दै आएका छन् ।  भारतमा ४२ वर्षेदखि सञ्चालित म्यासिभ खोप कार्यक्रम अन्तर्गत कोरोनाविरुद्धको खोप वितरण गरिनेछ ।  भारतसँग रहेका २७ हजार कोल्डचेनमार्फत् ८० लाख स्थानमा खोप भण्डारण र वितरणको व्यवस्था गरिएको छ । 

भारतको पछिल्लो जनगणनाअनुसार त्यहाँको जनसंख्या एक अर्ब ३९ करोड पाँचलाख ३७ हजार ३ सय ८७  रहेको छ ।  यो जनसंख्यालाई एकैपटक खोप पुर्‍याउन नसक्ने भएकाले भारतले तीन चरणमा खोप दिने योजना बनाएको छ ।  जनवरीदेखि अगस्टको पहिलो हप्तासम्म ३० करोड जनतालाई खोप दिने भारत सरकारको योजना छ । 

भारतीय स्वास्थ्यमन्त्री हर्ष वद्र्धनका अनुसार पहिलो चरणमा सरकारी र निजी क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।  दैनिक एक करोड डोज खोप वितरण गर्ने व्यवस्था मिलाउँदै गरेको भारत सरकारको दाबी छ ।  त्यस्तै ज्येष्ठ र दीर्घरोगीलाई दोस्रो र अन्यलाई तेस्रो चरणमा खोप दिइनेछ ।  भारतका ३० वटै राज्यमा एकैपटक खोप पुर्‍याउनु चुनौती रहेको भारतका स्वास्थ्य विज्ञहरुले बताइरहेका छन् । 

कोभिड १९ विरुद्धको खोप वितरणका लागि भारत सरकारले ४० लाख डाक्टर र नर्सलाई तयारी अवस्थामा राखेको छ ।  भारत सरकारको योजनाअनुसार यही योजनाअनुसार अष्ट्राजेनिकाले  पाँचकरोड डोज प्रतिमहिना खोप उत्पादन गरिरहेको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC