site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आफू सवार गाडीले सडकमा पैदल यात्रुलाई ठक्कर दिएपछि पनि कुनै देशका मन्त्रीले घाइतेको उपचार गराउनुको साटो वास्तै नगरी छाडेर गए । झट्ट सुन्दा यो घटना कतिपयलाई सामान्य लाग्न सक्छ भने अरूका लागि निकै संवेदनशील । प्रचलित कानुन, नैतिकता, मानवीयता र पदीय मर्यादाका दृष्टिले भने यो अत्यन्त गम्भीर घटना हो । नेपाल सरकारका सहरी विकासमन्त्री प्रभु साह चडेको गाडीले सर्लाहीको लालबन्दीमा पैदलयात्रुलाई ठक्कर दिएपछि घटनास्थलबाट भागे । उनको गाडीले ठक्कर दिएपछि घाइते भएका व्यक्ति अस्पतालमा उपचाररत छन् । सर्लाही प्रहरीले मन्त्री साह चडेको गाडीले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरेको छ । मन्त्री साह रौतहटबाट महोत्तरीतर्फ जाँदै गर्दा उक्त घटना भएको थियो । 

सडकमा अरू नै कारणबाट दुर्घटना भएर कोही घाइते भएको देखे पनि सामान्य मानवीयता भएको व्यक्तिले त्यसै छाडेर हिँड्दैन । त्यसमाथि आफैँ सवार गाडीले पैदल यात्रुलाई धक्का दिएपछि त झन् कानुनतः पनि अलपत्र छाडेर हिँड्न हुँदै हुँदैन । मन्त्री साहले भनेअनुसारै ती व्यक्ति झुक्किएर लडेका भए पनि उनले उपचारको घाइतेको गराएरमात्र बन्दोबस्त मिलाएरमात्र आफ्नो गन्तव्यतर्फ जानु मानवीयता र उनको पदीय मर्यादाअनरूप हुन्थ्यो । तर, सामाजिक सञ्जालमा व्याप्त घटनाको भिडियो हेर्दा मन्त्री साहले ढाँटेको स्पष्टै देखिन्छ । यद्यपि मन्त्री साहले भने सञ्चार माध्यमले घटनालाई अतिरञ्जित बनाएको र प्रहरीले समेत ‘गलत सूचना प्रवाह’ गरेको आरोप लगाएका छन् । घटनाका सम्बन्धमा सामाजिक सञ्जालमा उनले प्रवाह गरेको जानकारीमा मन्त्री साहले भने आफ्नो कमजोरी स्वीकार गर्नुको साटो आफूलाई बदनाम गर्न केही सञ्चार माध्यमले षड्यन्त्र गरेको आक्षेप पनि लगाएका छन् । 

प्रश्न व्यक्तिको संस्कार र वैयक्तिक चरित्रको पनि हो तर प्रभु साह मन्त्री पदमा आसीन पनि भएकाले सार्वजनिक दायित्वको समेत हो । मन्त्री साहको यस व्यवहारले अन्ततः देशकै बदनाम हुन्छ । प्रभु साह उनले दाबी गरेजस्तो घाइतेलाई केही नभएको ठानेर हिँँडेका वा सडकमा भिड जम्मा भएर आफूमाथि आक्रमण गर्ने डरले घटनास्थलबाट भागेका पनि हुनसक्छन् । उनलाई आफूले हालै गुट परिवर्तन गरेका कारण वा आफ्नो हिंसात्मक विगतका कारण पनि बढी डर लागेको हुनसक्छ । तर, यी त नितान्त व्यक्ति प्रभु साहका समस्या हुन् । देशको मन्त्रीलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले प्रभु साहले गरेजस्तो व्यवहार गर्न कानुनी र नैतिक दुवै आधारमा मिल्दैन । मानवीय दृष्टिबाट त झन् मिल्दैन । यसैले मन्त्री साहले घाइतेको उपचारको व्यवस्था मिलाएर आफ्नो अमानवीय व्यवहारका लागि सार्वजनिक क्षमा याचना गर्नु पदीय मर्यादाअनुरूप हुन्छ । अन्यथा, शक्ति भए कुनै नैतिक, कानुनी र मानवीय मर्यादा पालना नगरे पनि हुने सन्देश पुनः प्रवाहित हुनेछ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC